२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

स्टार अस्पतालले सुरु गर्यो अनलाइनबाटै डाक्टरलाई भेट्न सकिने टेलिकन्सङ सेवा

स्टार अस्पतालले सुरु गर्यो अनलाइनबाटै डाक्टरलाई भेट्न सकिने टेलिकन्सङ सेवा

काठमाडौं– स्टार अस्पतालले अनलाइनबाटै टेलिकन्सल्टेसन (परामर्श) सेवा दिन सुरु गरेको छ । अस्पतालले कोरोनाभाइरसको महामारी फैलिन नदिन र स्वास्थ्य सेवालाई सहज बनाउन इलेकट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर)सँग मिलेर अनलाइनबाटै परामर्श दिन लागेको हो ।  सेवाको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, अस्पतालका अध्यक्ष किशोर महर्जनलगायतले टेलिकन्फरेन्समार्फत औपचारिक सुरुवात गरेका छन् । मुलुक लकडाउन भएसँगै अस्पतालसम्म जान समस्या हुने हुँदा घरमै बसेर चिकित्सकीय परामर्श लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

यो सेवा अस्पतालको फोन नम्बरमा फोन गरेर नाम रजिष्टर गरी समय लिन सकिन्छ । तत्पश्चात् अस्पतालको वेबसाइट www.starhospital.com.np मार्फत चिकित्सकसँग परामर्श लिन सकिन्छ । जसमा परामर्शका साथै चिकित्सकहरुले रिपोर्ट हेर्ने र विरामीलाई प्रेस्क्राइव गर्नेछन् । साथै परामर्शपछि नमुना संकलन गर्नुपर्ने अवस्थाका विरामीका लागि अस्पतालका प्राविधिक घर घरमा पुगेर नमुना संकलन गरी प्रयोगशालामा लगि परिक्षण गर्ने र रिपोर्ट आफ्नो वेबसाइटबाट विरामीले हेर्न मिल्ने व्यवस्था पनि गरेको छ ।

अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा जुम एपबाट र अनलाइनबाट  भुक्तानी गर्न सकिन्छ । एकपटक परामर्श लिँदा मात्र २ सय तिरे पुग्ने पनि अस्पतालले जनाएको छ । साथै अस्पतालले आफ्नो वेबसाइटमार्फत कोरोनाभाइरसको जोखिम स्वमुल्याङ्कन सेवा पनि सुरु गरेको छ । जसमा कोभिड–१९को जोखिम देखिएको अवस्थामा चिकित्सकसँग परामर्श लिने र थप उपचार वा जाँचका लागि अन्य ठाउँमा पठाउन सकिनेछ ।

यो सेवा बैशाख १ देखि ७ गतेसम्मका लागि लागु हुने अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij