२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोरोना : अमेरिकाको ५० वटै राज्यमा संकटकाल घोषणा

कोरोना : अमेरिकाको ५० वटै राज्यमा संकटकाल घोषणा

काठमाण्डौँ । कोरोना भाइरस (कोभिड–१९) ले मुत्यु हुनेको संख्याले उग्ररुप लिएपछि अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

सामाजिक सन्जालमा ट्वीट गर्दै ट्रम्पले आफूहरु अहिले अदृश्य शत्रुसँग लडिरहेको बताएका छन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, हामी जितिरहेका छौं र जित्नेछौं।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा मात्र २२ हजार भन्दा बढिको मुत्यु भईसकेको छ भने ५ लाख ६० हजार भन्दा बढि संक्रमित पुगेको छ । दिनहुँ १५ सय देखी २१ सयसम्म मुत्यु हुन थालेपछि ट्रंपले संकटकाल घोषणा गरेका हुन । नियन्त्रण तथा रोकथामको लागी लकडाउन लगाउन अस्विकार गर्दे आइरहेका ट्रंपले लिएको यो निर्णय ढिलो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij