नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र सिंखडाले स्यानिटाइजर वितरण गरेका छन् । काठमाडौं उपत्यकामा स्यानिटाइजरको माग उच्च रहेको र आवश्यकता बमोजिम स्यानिटाइजर उपलब्ध हुन नसकेको कुरालाई लक्षित गरी काठमाडौं र भक्तपुरमा स्यानिटाइजर वितरण गरिएको अध्यक्ष सिंखडाले सेतोघर डट कमलाई बताए ।
यति बेला मुलुक विश्वव्यापी प्रकोपको रुपमा देखा परेको कोरोनाबाट त्रसित रहेको र यसको भरपर्दो उपचार समेत नभएको अवस्थामा सचेतना र सरसफाईलाई नै बढी महत्वपूर्ण रहने कुरालाई लक्षित गरी कोटेश्वरको ट्राफिक प्रहरी बिट र भक्तपुरको बोडे स्थित हेल्थपोष्टलाई स्यानिटाइजर वितरण गरेको समेत उनले बताए ।
सम्भावित कोरोनाबाट सृजना हुन सक्ने महामारीको पूर्वसतर्कता अन्तरगत यतिबेला अधिकांश कार्य व्यवसायहरु बन्द भएपनि जनजीवनसँग प्रत्यक्ष सरोका। राख्ने सेवा क्षेत्र भने अनवरत रुपमा अटिइरहेको परिप्रेक्ष्यमा उनीहरुलाई सुरक्षित तुल्याउन र मनोवल उच्च पार्नमा आफूहरुको सानो प्रयाशले पनि प्रभावकारी भूमिका खेल्न सक्नेमा आशावादी छन् सिंखडा ।
सम्भावित जोखिम व्यवस्थापनलाई मध्यनजर गर्दै यतिबेला विभिन्न सहयोगी संस्था तथा मनकारी स्वतःस्फूर्त आफ्ना कदमहरु अघी बढाइ दुर्घटनालाई टार्ने कर्तव्य सबै नेपालीको काँधमा रहने समेत सिंखडा बताउँछन् । 
अब विश्वव्यापी फैलिइसकेको महामारीबाट मुलुक र जनतालाई जोगाउने कार्यको जिम्मेवारी नेपाल सरकारको मात्र नभई सबै नेपालीहरुको चेतनास्तरमा अभिवृद्धि, उच्च मनोबल, सामुहिक पहल र आफ्ना गतिविधिहरुमा अपनाइने सजगताबाट सफल हुन सक्ने बताउँछन् नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठ ।
साथै जोखिमता बीच सेवामा खटिने कर्मचारीहरुलाई सेनिटाइजर वितरण गरी शुरुवात गरेको आफूहरुको सामाजिक अभियान अब निरन्तर अघी बढ्ने समेत श्रेष्ठले बताए । अहिलेको विषम परिस्थितिलाई सहजतामा बदल्नको लागि सबै पक्षको आपसी सहयोग र सहकार्यको अपरिहार्यता जोड दिँदै यस कार्यमा सबैको साथ रहनुपर्नेमा समेत उनले सबै व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij