२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

डिजेल, पेट्रोल, मट्टीतेल र हवाइ इन्धनको घट्यो भाउ

डिजेल, पेट्रोल, मट्टीतेल र हवाइ इन्धनको घट्यो भाउ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ। निगमले तीनवटै पेट्रोलियम पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो।

निगमले एक विज्ञप्ति जारी गर्दै भाउ घटेको जनाएको हो। ‘चैत १९ अर्थात आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा १० रुपैयाँले घटाई काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रति लिटर कायम गरेको छ,’ निगमले भनेको छ।

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अत्याधिक गिरावटको कारण मुल्य घटाइएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij