२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

इन्जिनियर अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा विराेध जारी

इन्जिनियर अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा विराेध जारी

नेपाल विद्यार्थी संघ, इन्जिनियर अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसले मिति २०७६ मंसिर ३ गते क्याम्पस समक्ष विद्यार्थीका विभिन्न माग समेटिएको १५ बुँदे मागपत्र पेश गर्यो ।84556604_2471937086357786_1561893693600825344_n

पटक पटक क्याम्पसले वार्तामा बोलाउने तर माग तथा समस्या समाधानमा कुनै पनि कसरत नगरेकाले विद्यार्थी संघ माग १९ गते देखि निरन्तर विरोधका कार्यक्रम गरिरहेको जानकारी संघका सभापति गोकुल न्यैापानेले जानकारी दिनुभयो ।

विरोध कार्यक्रमको निरन्तरताको स्वरुप मिति २०७६/१०/२० गते देखि नेवि संघले रिले अनसन सुरु गरेको छ । अनसनको पहिलो दिन संघका सभापति तथा दुई उप सभापति क्रमशः गोकुल न्यैापाने, मनिष तिमिल्सिना र अनुज श्रेष्ठ अनसनरत रहेको जानकारि उप सभापति अनुज श्रेष्ठ ले दिनुभयो ।

कुनै पनि हालतमा माग पुरा नभए सम्म अनसनबाट पछि नहट्ने उपसभापति मनिष तिमिल्सिनाको भनाई थियो । माग पुरा नभए कठोर स्थितिको सामना गर्न क्यापस प्रशासन तयार हुन सचिव पाण्डेले जनाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij