दुवईको Amity University द्वारा मा डिसेम्बर १६ मा विश्वका विभिन्न देशहरुका उत्कृष्ट विद्यालयहरु सहभागितामा एक अन्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै चिल्ड्रेन हेराल्ड एकेडेमीले पनि सहभागिता जनाएको थियो ।
उक्त कार्यक्रममा सहभागि काठमाडौंको तारकेश्वर नगरपालिका स्थित वडा नम्बर ८ मा सञ्चालित चिल्ड्रेन हेराल्ड एकेडेमीले Amity University बाट प्रदान गरिने International School Award (ISA) अन्तरगत सर्वोत्कृष्ट विद्यालय अवार्ड (Best Managed School Award) प्राप्त गर्न सफल भएको छ ।
विद्यालयको व्यवस्थापन, समय सापेक्ष आयोजना गरिने अतिरिक्त गतिविधिहरु, सहभागितामूलक अध्यापन विधि, अध्यापनको निम्ति अपनाइएका नयाँ पद्धतिहरु, परियोजना कार्य तथा प्रतिष्पर्धात्मक गतिविधि एवं विद्यालयका समग्र उपलब्धिहरु लगायतलाई मूल्याङ्कनका आधार बनाएर उक्त अवार्ड प्रदान गर्ने गरिन्छ ।
उक्त अवार्ड प्राप्त हुनु आफूहरुको लागि ठूलो उपलब्धि भएको र यसबाट आफुहरुलाई निकै नै गौरवान्वित महसुस हुनुको अलावा र शिक्षण पद्धतिलाई समयसापेक्ष र व्यावहारिक बनाउँदै लैजाने कार्यमा थप प्रोत्साहन मिलेको विद्यालयका प्रिन्सिपल कमल ज्ञवालीले सेतोघर डट कमलाई बताउनुभयो ।
साथै यो सफलता आफूहरुको सम्पूर्ण टीमको उपलब्धि रहेको बताउँदै आगामी दिनमा आफूहरु अझ सशक्त ढङ्गले अघी बढ्ने प्रतिवद्धता समेत प्रिन्सिपल ज्ञवालीले जनाउनुभएको छ । 


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij