काठमाडौं, ३ पुस–अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ ।
तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको थियो भने विपक्षमा १९८ मत परेको थियो । मतदानमा अधिकाशं डेमोक्रयाटहरूले ट्रम्पको विपक्षमा र रिपब्लिकनहरूले उनको पक्षमा मतदान गरेका थिए।
अब यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ । राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ । सिनेटको दुई तिहाइले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेछ। सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीका सदस्यहरूको बहुमत छ। त्यसैले ट्रम्प पदबाट हट्ने सम्भावना भने कम छ। तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij