काठमाडौं, ९ मंसिर– मेडिसिटी अस्पतालका डाक्टर बिरामी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा पक्राउ परेका हुन् ।

ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
‘उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको ललितपुर प्रहरीले जनाएको छ ।