नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ आलेगाँउ अन्तर्गत रहेको श्री लेकसाईड शैक्षिक विद्याश्रमको परिवर्तन नेपालले निर्माण गरिएको तीन कोठे भुकम्प प्रतिरोधात्मक भवनका साथमा बालमैत्री सौचालय सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ।
नगरको नगर प्रमुख राजेन्द्र रमण खनालको विशेष अतिथीमा भएको कार्यक्रममा सोही नगरका ४ नम्बर वडाका वडा अध्यक्ष चन्द्र बहादुर लामाको विशेष आतिथ्य रहेको थियो। उक्त कार्यक्रममा छिमेकी विद्यालयहरुको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, प्रधानाध्यापक, स्थानीय बुद्धिजीवी, समाजसेवी र अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेकाे थियाे।
विद्यालयको भुतपुर्व अध्यक्ष सोम प्रसाद पौडेलले स्थापित समयकालदेखि हालसम्मको गतिविधिबारे शैक्षिक गुणस्तर विकासका बिस्तृतबारे बताउनु भएको थियो।
परिवर्तन नेपाल शाखा कार्यालय बिदुर,नुवाकोटका कार्यालय प्रमुख बिष्णु पौडेलले भवन निर्माण सम्बन्धि स्वीकृत समय लगानी बजेट र दात्री निकाय सम्बन्धि बिस्तृतमा बताउनु भएको थियो।
दात्री निकाय ब्याक टु लाइफ इ.भि. भएको उक्त सस्था परिवर्तन नेपालले भवन निर्माणका लागि बिक्रम सम्वत २०७३ मङ्सिर ९ गते स्वीकृत लिएको थियो भने बिक्रम सम्बत २०७५ असार ३२ गतेमा कार्य सम्पन्न गरिएको थियो।
भवन निर्माणका लागि रु. २९,०६,६७६ बजेट विनियोजन गरिएको भए पनि ग्रामीण क्षेत्र रहेकोे र ढुवानी ज्याला बढी लागेकोले भवन निर्माणका लागि रु.३३,०७,६५२ खर्च भएको समेत पौडेलले बताउनु भएको थियो।
त्यस्तै गरि सोही सस्थाका केन्द्रिय कार्यालय ललितपुरबाट आउनु भएको कार्यक्रम सम्योजक धर्मराज पौडेलले भवन हस्तान्तरण गरिएको प्रमाणपत्र विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयको प्रधानाध्यापक इश्वरी रिमालले परिवर्तन नेपाल सस्थाले गर्नु भएको अतुलनीय सहयोग अविस्मरणीय रहेको र आगामी दिनहरुमा पनि निरन्तर शैक्षिक स्तरमा साथ सहयोगको आपेक्षाकासाथ आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो।वडा अध्यक्ष लामाले स्थानीय तहबाट गर्न सक्ने विद्यालयलाई साथ,सहयोग सधै गरिराख्ने बताउनु भएको थियो।
नगर प्रमुख खनालले नगरको बिगट स्थानमा बिनाशकारी महा भुकम्पबाट पुर्ण क्षेत्ती पुगेका भौतिक सम्रचनाका साथै शैक्षिक स्थिति अझ मजबुत बनाउनका लागि शैक्षिक सामाग्रीहरुका साथै भौतिक सम्रचना निर्माण गरिएकोमा नगरले चाडै नै परिवर्तन नेपाल सस्थाप्रती उच्च मुल्यांकन गर्ने समेत कार्यक्रमकोबिच वचन बद्दता गर्नु भएको थियो।
प्रमुख खनाले नगरबाट विद्यालयमा केहि न केही माध्यममा साथ सहयोग गरि रहने बताउनु भएको थियो।सभा अध्यक्ष सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामशरण सुवेदीले नगर, स्थानीय निकाय र परिवर्तन नेपालबाट हरदम साथ सहयोगको अपेक्षा र विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सम्रचनाको विकासका बारेमा आफ्नो कार्यकालमा एक नुमुना विद्यालयको वातावरण बनाउने र सधै लागि पर्ने भन्ने मन्तव्यका साथमा कार्यक्रमको समापन गर्नु भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij