२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

१८ महिने बालकलाई दिइयो यमाहाको बाइक उपहार

१८ महिने बालकलाई दिइयो यमाहाको बाइक उपहार

राजधानीको गंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच उपहार विजेतालाई उपहार हस्तान्तरण गरिएको हो ।

उपहार अन्तरगत प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १ सय ५० सिसिको यमाहा एफ जेड एफ आइ भि थ्रि मोटरसाइकल जित्न सफल भए । उनी मात्र १८ महिनाका छन् । उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन् ।

यसैगरी द्वीतिय पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सिसिको एफजेडएफ आइभिटु मोटरसाइकल जित्न सफल भए ।

तेस्रो पुरस्कार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफ जेड एफ आइ भि टु स्कुटर जित्न सफल भए ।

चौथो पुरस्कार बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभि जित्न सफल भए भने पाँचौ पुरस्कार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडि टिभि जित्न सफल भए ।

यस्तै छैठौँ उपहारमा माछापोखरी काठमाडौका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज जित्न सफल भए बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल जित्न सफल भइन् । सान्तना पुरस्कारमा विभिन्न्न ५ जना व्यक्तिले निमाको घडी जित्न सफल भए ।

उपहार हस्तान्तरण कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले दशैँ तिहारमा सञ्चालित कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न भएको बताउनुभयो । कान्तिपुर मलले हरेक वर्ष दशैँ तिहारमा उपहार योजना सञ्चालन गर्दै आाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij