२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सबै बैंकलाई सम्झौता कार्यान्वयन गर्न भ्यालुयर्स एसोसिएसनको ध्यानाकर्षण

सबै बैंकलाई सम्झौता कार्यान्वयन गर्न भ्यालुयर्स एसोसिएसनको ध्यानाकर्षण

इ‍ ऋषि काेइराला- अध्यक्ष- नेपाल भ्यालुयर्स एसाेसिएसन

नेपाल भ्यालुयर्स एसोसिएसन र नेपाल बैंकर्स एसोसिएसन बीच भएको सम्झौता सबै बैंकहरुले अक्षरशः पालना नगरेको भन्दै उक्त सहमति सबै बैंकहरुले पालना गर्नुपर्नेमा नेपाल भ्यालुयर्स एसोसिएसनले ध्यानाकर्षण गराएको छ ।

एसोसिएसनका अध्यक्ष ई.ऋषि कोइरालाका अनुसार सम्झौता पालनाको लागि सबै बैंकहरुलाई आग्रह गरिरहेको र उक्त सम्झौता पालना नभएको खण्डमा भ्यालुयर्स एसोसिएसनको नेतृत्वमा सबै बैंकहरुमा आन्दोलन गर्ने तयारी भइरहेको छ । खासगरी सम्झौता कार्यान्वयन नगरेका एसबिआई बैंक, एनआइसी एसिया बैंक तथा सेन्चुरी बैंक लगायतलाई लक्षित गरी सम्झौता कार्यान्वयन सम्बन्धी आन्दोलन गर्न लागेको संघले जनाएको छ ।

नेपालमा रहेका मूल्याङ्कर्ता इन्जिनियरहरुको छाता सङ्गठनको रुपमा रहेको यस एसोसिएसनको पहलमा सङ्गठन विस्तारको अलावा अन्य व्यवस्थित बनाउँदै लैजाने क्रममा विभिन्न महत्वपूर्ण उपलब्धिहरु समेत हासिल भइसकेका छन् ।

पछिल्लो समय बैंक तथा मूल्याङ्कनकर्ता इन्जिनियरहरुको लागि ठूलो समस्या बन्दै गएको बैंकिङ कसुर सम्बन्धी समस्यालाई अब कसरी व्यवस्थित बनाउँदै लैजाने भन्ने सम्बन्धमा पनि भ्यालुयर्स संघ र बैकर्स संघ बीच विभिन्न चरणहरुमा छलफल भइरहेको बताउँदै अब छिटै निष्कर्षमा पुग्ने समेत अध्यक्ष कोइरालाले बताए ।

ऊता नेपाल राष्ट्र बैंकले समेत यस क्षेत्रलाई नयाँ र प्रयाप्त सम्भावना रहेको क्षेत्रको रुपमा पहिचान गरिसकेको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंकले मूल्यांकन क्षेत्रलाई थप र स्पष्ट रुपमा व्यवस्थित गर्दै लैजाने योजना बमोजिम गाइडलाइन्स बनाइरहेको छ । उक्त गाइडलाइन्स तयार भई कार्यान्वयनमा आइसकेपछि यस क्षेत्रले थप फड्को मार्ने र काम गर्न समेत सहज हुनेमा मूल्यांकनकर्ताहरु विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij