२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नबिल बैंकबाट सम्झौता कार्यन्वयन नभएको भन्दै मूल्याङ्कनकर्ताहरु आन्दोलनमा

नबिल बैंकबाट सम्झौता कार्यन्वयन नभएको भन्दै मूल्याङ्कनकर्ताहरु आन्दोलनमा

इ‍ ऋषि काेइराला- अध्यक्ष

धितो मूल्यांकनकर्ता इन्जिनियरहरुको छाता सङ्गठन नेपाल भ्यालुयर्स एसोसिएसन र नेपाल बै‌कर एसाेसिएसन बीच  भएको सम्झौता नेपाल बै‌कर एसाेसिएसनकाे सदस्य रहेकाे नबिल बैंकबाट कार्यान्वयन नगरिएको भन्दै मूल्याङ्कनकर्ता इन्जिनियरहरु आन्दोलित भएका छन् ।

आफूहरुले पटक–पटक सम्झौता कार्यान्वयनको लागि बैंकलाई आग्रह गर्दा पनि बैंकबाट सम्झौता कार्यान्वयन नगरिएको बताउँदै संघका अध्यक्ष ई. ऋषि कोइरालाले आफूहरु बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए ।

सेतोघर डट कम सँगको कुराकानीमा आफूहरुले संघको तर्फबाट पटक–पटक सम्झौता कार्यान्वयनको लागि लिखित रुपमा समेत आग्रह गरेको समेत उनले बताए ।
बैंकलाई सम्झौता कार्यान्वयनको निम्ति १५ दिनको मिति सहित भदौ १० गते संघले अन्तिम सचेतनापत्र पठाएको छ ।

इ लक्ष्मण बाबु सेढाइ

१५ दिनमा पनि पहिलेको सम्झौता कार्यान्वयनमा नआए २५ गतेबाट विभिन्न सङ्घर्षका कार्यक्रमहरु तय गरिएको संघका संघर्ष समिति संयोजक ई. लक्ष्मण बाबु सेढाईले बताए । संघर्ष कार्यक्रम अन्तरगत २५ गते देखि नबिल बैंकका सबै मूल्यांकन कार्य बन्द गर्ने, २६ गते बाट नबिल बैंकमा देशभर व्यापक दबाबमूलक धर्ना दिने साथै आफ्ना मागहरु सम्बोधनको लागि कुनै चासो नदेखाए ३१ गते बाट थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने योजना सहित संघले आफ्ना गतिविधिहरु अघी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij