काठमाडौं, भदौ ९ –बजाजथ्रि ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रा.लि.ले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ ।
यो योजना अन्तर्गत बजाजआरइे मार्फत अधिक खुसी मिल्नेछ तथा ट्यागलाइन अनुसार बजाजआरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ । यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रिमा ३२ इन्च सामसङ्ग टिभी पाउनुका साथै४० हजार किमी सम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि ए.एम.सी.पाउनेछन् । साथै बजाजआरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवनबिमा र ५ लाखको स्वास्थ्य बिमा पाउनेछन् ।
हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रा.लि.का निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग तथा आशा लिएर आएको हुन्छ । यो समयभनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौ । हामी हाम्रा ग्राहकवर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्नेछौ । हामीलाई विश्वास छ हाम्राबजाजआरईका ग्राहकहरु ३२ इन्चको सामसङ्ग टिभी िफ्र पाउँदा खुसी हुनेछन्,ब साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij