२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विपद व्यवस्थापनको लागि नीतिगत पहलहरुको शुरुवात

विपद व्यवस्थापनको लागि नीतिगत पहलहरुको शुरुवात

डा मनिता तिमिल्सिना, प्रबन्ध निर्देशक, जियोटेक  इन्टरनेशनल सोलुसन प्रा.लि
जापानबाट पिएचडी गरेकी आचार्य काठमाडौं आएपश्चात् आफूले जापानबाट सिकेको सीप नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विचार गर्ने क्रममा कन्सल्टिङ क्षेत्रमा रहेर काम गर्ने योजना बनाइन् । सोही बमोजिम उनी सन् २०१५ देखि आचार्यलेजियोटेक इन्टरनेशनल सोलुसन प्रा.लि नामक इन्जिनियरिङ सेवा प्रदायकको रुपमा काम गर्दै आएकी छिन् । जियोटेक सञ्चालनमा आएको केही समयमा नै नेपालमा आएको विनाशकारी भूकम्प पश्चात् काम गर्नको निम्ति यस कम्पनीलाई राम्रो प्लेटफर्म प्राप्त भयो । जसले गर्दा यस कम्पनीलाई छोटो अवधिमा नै माथि उठ्न ठूलो सहयोग मिल्यो । ठूलो जनसमुदायमा परिचित हुने अवसर समेत मिल्यो । उक्त भूकम्पको व्यवस्थापनको निम्ति यस संस्थाका प्रतिनिधिहरुले निर्वाह गरेको भूमिकाले त्यो अवस्था सृजना भएको हो ।

भूकम्प पछिको व्यवस्थापन 

भूकम्पपश्चात् विपत व्यवस्थापनको लागि नेपाल सरकारले प्रयाप्त पहल गर्न सकिरहेको थिएन । राज्य पक्षबाट अहिले सम्म पनि प्रयाप्त पहल भने हुन सकेको छैन । नेपालमा भर्खरै मात्रै विपद व्यवस्थापन सम्बन्धी राज्यले ऐन समेत ल्याइसकेको छ । उक्त ऐनको कार्यान्वयन पक्ष भने अहिले सम्म कमजोर नै देखिएको छ ।

जियोटेकबाट हुँदै आएका कामहरु 
जापानमा आफूहरुले सिकेको सीपको आधारमा नेपालमा सोहीबमोजिमका कामहरु गर्ने मान्यताले स्थापना भएको यस जियोटेकले नेपालमा युवाहरुमा सचेतना एवं जागरण विस्तारको लागि थुप्रै काम गरिरहेको छ । खास गरी जापानमा भू–क्षय नियन्त्रण एवं विपत व्यवस्थापनमा विश्वबजारमा विकास भएका नयाँ प्रविधिको नेपालमा भित्र्याउने एवं ती प्रविधिको बारेमा नेपाली बजारमा जागरण विस्तार गर्ने लगायतका कार्यहरुमा यस संस्थाले काम गर्दै आएको छ । यसैगरी नेपालमा रक फल, मिटिगेसनको क्षेत्रमा समेत काम गरिरहेको छ । साथै यस कम्पनीले भूकम्पको कारण क्षति भएको अपर भोटेकोशी आयोजनामा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने लगायतका कामहरु समेत यस कम्पनीले गरेको छ ।

आगामी सम्भावना 
नेपालमा विपत व्यवस्थापनको लागि अहिले सम्म खासै पहल हुन सकेको छैन । यस्तो अवस्थामा विपद व्यवस्थापनको क्षेत्रमा काम गर्न सकिने प्रयाप्त ठाउँहरु छन् । यद्यपि राज्य पक्षले यसको लागि उपयुक्त नीतिगत व्यवस्था भने गरिदिनुपर्छ । साथै काम गर्न चाहने व्यक्ति वा संस्थालाई राम्रो वातावरण बनाइदिनुपर्छ ।

 

विपत व्यवस्थापनमा राज्यको पहल
नेपालमा विगतमा जोखिम व्यवस्थापनको लागि राज्य मातहत निकै कम मात्र कामहरु भएका थिए । अहिले भने नेपालमा राज्यले पनि यस क्षेत्रको महत्व बुझ्दै गएको छ । नेपाल सरकारले यस क्षेत्रमा काम गर्ने क्रममा पछिल्लो समय निजी क्षेत्रको रुपमा काम गरिरहेका संस्थाहरुलाई समेत सहयोग पुगने किसिमले सोही बमोजिमका पहल गर्दै आएको छ। आगामी दिनमा पनि यस किसिमका कामहरुमा राज्यको विशेष पहल हुनु जरुरी छ । पछिल्लो समय नेपालमा प्रकोप व्यवस्थापन ऐन समेत आइसकेको छ । नियमावली समेत बनिसकेको छ । यद्यपि यसलाई कार्यान्वयनको लागि भने अझै पनि विशेष व्यवस्था गर्न सकिएको छैन । यस्तो अवस्थामा राज्यले निजी क्षेत्र पनि मुख्य सरोकारवाला निकायको रुपमा लिँदै सोही बमोजिम अघी बढ्न सके छोटो अवधिमा नै राम्रो तवरले कार्यान्वयन सहज हुन सक्छ ।

यद्यपि जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्न विभिन्न चुनौतीहरु छन् । यस्तो अवस्थामा नेपाल सरकार ती जोखिम न्यूनीकरणको लागि राज्य निश्चित योजनाको साथ अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाको साथ अघी बढ्नु जरुरी छ । नेपालमा संघीयता सँगै अहिले हरेक स्थानीय तहमा आकस्मिक सेवा प्रदान गर्न छुट्टै डेस्क स्थापना गरिएको छ । यो राम्रो शुरुवात हो ।

आवश्यक छ तथ्याङ्क सङ्कलन 
नेपालमा अहिले हरेक बर्ष प्राकृतिक विपदको कारण निकै ठूलो क्षति हुँदै आएको छ । यद्यपि नेपालमा अहिले सम्म यस क्षेत्रमार्फत भएको नोक्सानीको कुनै हिसाबकिताब समेत हुन सकेको छैन । नेपाल सरकारले सही तथ्याङ्क समेत समेट्न नसकेको अवस्थामा यस सम्बन्धी काम गर्नु अझ बढी चुनौतीपूर्ण छ । नेपालमा अहिले सम्म आर्थिक नोक्सानी, गैरआर्थिक नोक्सानी, जोखिमताको अवस्था, व्यवस्थापनको लागि गर्नुपर्ने पहलहरु एवं न्यूनीकरणका उपायहरु लगायत सम्बन्धमा समेत जुन रुपमा काम हुनुपर्ने थियो, त्यो समेत हुन सकेको छैन ।

जोखिम व्यवस्थापनका चुनौतीहरु 
यस क्षेत्रको जोखिम व्यवस्थापनका लागि थुप्रै समस्या एवं चुनौतीहरु छन् । नेपालमा हामीले कुनै विपत हुन सक्छ भनेर पहिले नै सुरक्षित तरिकाहरु तथा त्यस सम्बन्धी सुरक्षात्मक ज्ञान प्राप्त गर्न नसकेको कारण त्यसबाट हुने क्षति समेत अलि बढी नै हुने गरेको छ । साथै नेपालमा अहिले सम्म यस क्षेत्रमा काम गर्ने क्रममा दक्ष जनशक्ति र आर्थिक व्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेका छन् ।

जियोटेकका आगामी योजनाहरु 
आगामी दिनमा जियोटेकका नयाँ प्रोजेक्ट अन्तरगत सडक सुरक्षाको लागि पनि काम गर्ने योजनामा आफूहरु रहेको प्रबन्ध निर्देशक मनिता आचार्य बताउँछिन् ।अहिलेको अवस्थामा अधिकांश स्लोपहरु खतरात्मक अवस्थामा नै रहेको र ती स्लोपको सही व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेबमोजिम उनको धारणा छ । दुर्घटना तथा विपत व्यवस्थापनको लागि स्थानीय श्रोतसाधनको प्रयोग एवं विश्वबजारमा विकसित नयाँ उपकरणहरु नेपालमा भित्र्याइने र छोटो अवधिमा कम लागतमा त्यसबाट कसरी लाभ लिने भन्ने सम्बन्धमा विशेष जोड दिनुपर्ने मनिता आचार्यको धारणा छ ।

 

 

वीरगञ्ज क्षेत्रमा जन्मिएकी मनिता तिमिल्सिनाले हाल जियोटेक इन्टरनेशनल सोलुसन प्रा.लि नामक इन्जिनियरिङ फर्म सञ्चालन गर्दै आएकी छिन् । एसएलसी तहको अध्ययन गाउँकै विद्यालयबाट गरेकी उनी प्रमाणपत्र तह अध्ययनको लागि काठमाडौं आएकी हुन् । सानै देखि इन्जिनियरिङ अध्ययनमा रुचि राख्ने उनले पुल्चोक इन्जिनियरिङ कलेजमा भर्नाको लागि प्रक्रिया अघी बढाएपनि त्यो प्रयाश सफल हुन नसकेपछि उनी झण्डै निराश बनेकी थिइन् । यद्यपि उनलाई नयाँ अवसर प्राप्त भयो, जसले आफ्नो दृढ इच्छाशक्ति पूरा गर्ने बलियो आधारको रुपमा काम ग¥यो । अर्थात उनलाई विशेष शौभाग्य प्राप्त भयो, आचार्यले ‘नेपाल आमा’ नामक छात्रवृत्ति प्राप्त गरेर नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ अध्ययन गर्ने अवसर प्राप्त भयो । अध्ययन पूरा भएसँगै उनलाई कलेजकै सिफारिसमा अध्ययनको लागि जापान जाने सौभाग्य प्राप्त भयो । सोही बमोजिम उच्च शिक्षाको लागि गएकी उनी सन् २०१३ मा विपद व्यवस्थापन सम्बन्धी पिएचडी तहको अध्ययन पूरा गरेर नेपाल फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij