मधेश-पहाडामा बाढीपहिरोलाई सहयोग गर्न लयान्स कल्बको आव्हानमा २०लाख सहयोग जुटाउन बाकी मध्ये थप: लाखौ नगद दिएर सामाग्री खरिद गर्ने सहयोगदाता युवानेताहरु अनन्त श्रेष्ठ र क्षितिज भण्डारी लाई मुख्यमन्त्री लालबाबू राउत ले सहयोग हस्तान्तरण कार्यक्रममा धन्यवाद दिएका छन् । वहाँले लयान्स “पशुपतिनाथको चिनो”सम्मान ग्रहण गर्दै २०लाख को सहयोगको दुरपयोग रोक्न अनुगमन गर्न अनुरोध स्विकारेका छन् ।

मुख्यमन्त्री राउत ले अनि चाडै बिपत्ति उद्दार एवं पुनर्निर्माण प्राधिकरण बनाउने खुलासा गर्नुभयो। अहिले मधेश र गुल्मी लगायतका पहाडामा बाढीपहिरोले छात्राहरुलाई महिनाबारी हुँदा सुरक्षित कपडाको अभाव जस्ता समस्याबाट मुक्त पार्न सेनेटरी प्याड अनि घरबार बिहिन अवस्थामा आमाहरुले शौचालयको अभावमा कलिला बालबालिका दिसापिसाब गराउन पानीसाबुन अभावमा रोगको साथै महामारीको संभावना झेलीरहेकोले स्वास्थय र शिक्षाको लागि डाईपर बाडिएको सहयोगदाता नेता क्षितिज भण्डारीले बताए । जसमध्ये आधा राहत चर्चित लोक हाँस्यकलाकार जोगिन्दर पानवालामार्फत सर्लाहीको सरस्वती उमावि हजरिया र श्री निम्न माध्यामिक बिद्यालय पिपराभित्तामा वितरण गरिनेछ अनि मोतिलाल भण्डारीको पहल मार्फत संकलित १लाख नगद जिल्ला पुगिसकेको परिप्रेक्ष्यमा कृष्ण सापकोटाले थप: ५०हजार को सामाग्री गुल्मी जिल्लामा केन्द्रीय नेता चन्द्र भण्डारी मार्फत बितरण गर्न बुझेको दानबिर नेता अनन्त श्रेष्ठले बताएका छन् ।

लयान्स कल्ब अफ काठमाडौ ठमेल अध्यक्ष दिनेश शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ईबिजा अध्यक्ष रोशन झा ले स्वागत गरेका थिए । रसलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारीद्वारा स्कुलका छात्राहरुलाई महिनाबारी हुँदा “सन्नी गर्ल” कम्पनीको जर्मन प्राविधि बाट निर्मित बिश्व स्तरीय स्वास्थ्य र टिकाउ प्याडहरु लाउने र पछि सुरक्षीत फाल्ने सरल तरिका सिकाउदा मुख्यमन्त्री राउत प्रश्न्सा गरेका थिए । नेपालका चर्चित महिला पत्रकार, अधिकारकर्मी, नेतृहरु र अधिबक्ताहरुको साझा चासो मा बितरित राहत सामाग्री बितरण कार्यक्रममा समाजसेवी नेता श्रेष्ठ र भण्डारीले यस सन्दर्भमा कुनै पनि सम्मान नलिने घोषणालाई लायन्स कल्ब ले स्विकारेको थियो । कार्यक्रमका अतिथि बक्ता समाज जनरल अस्पतालकी अध्यक्ष नेत्री उमा दाहाल, नेपाल राष्ट्रिय मोडेलिङ्ग संघ सल्लाहकार ऋषि धमला, हास्यकलाकार जोगिन्दरजि, नेपाल राष्ट्रिय मो. संघका प्रवक्ता खगेस रन्जीतकार, अन्तर्राष्ट्रिय हवाई उड्डयन बिज्ञ भानु ढकाल, मोतीलाल भण्डारी, ऋषि पुरि, कृष्ण सापकोटा, मोतिलाल भण्डारी, भवानी देवकोटा, नेपाल डिस्ट्रीब्युटर्स प्रालि का रोशन श्रेष्ठ, मनहरी श्रेष्ठ, भुवन भट्ट र पर्यटनविज्ञ दावाङ्ग तामाङ्ग लाई मञ्च मा विशेष सम्मानित गरिएको केन्द्रीय अध्यक्ष दिनेश शाही ले बताएको बताए ।