विगत ३ कार्यकाल देखि ठमेल पर्यटन विकास परिषदमा कार्यसमितिको विभिन्न जिम्मे
वारीमा रहेर काम गर्दै आउनुभएका प्रकाशनरसिं राणा ठमेलका एक सुपरिचित व्यवसायी हुन् । भर्खरै सम्पन्न भएको परिषद्को चुनावबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका छन् । हाल यस परिषद्मा ७ सय ८३ सक्रिय सदस्यहरु छन् । ठमेल नेपालको एक महत्वपूर्ण पर्यटन केन्द्र हो । हाल यस क्षेत्रबाट सबैगरी करिब ३० हजार व्यक्तिहरुले रोजगारी पाएका छन् । ठमेल क्षेत्रमा व्यवसाय सञ्चालनको क्रममा केही समस्याहरु रहेका र ती समस्यालाई क्रमिक रुपमा समाधान गर्दै जाने अध्यक्ष राणा बताउँछन् ।
प्रकाश नरसिंह राणा, अध्यक्ष, ठमेल पर्यटन विकास परिषद
आधुनिक ठमेलको विकासक्रम
काठमाडौं गेष्ट हाउसको स्थापना पश्चात् नै आधुनिक ठमेलको विकास भएको हो । अहिले सम्म काठमाडौं गेष्ट हाउसले ५० बर्ष पार गरिसकेको छ । त्यसरी नै ठमेलले विकासको गति लिन लागेको पनि करिब ३ दशक पुगेको छ । हाल सम्म आइपुग्दा ठमेलको परिचय अन्तरगत अहिलेको विकसित वृहद ठमेललाई चिन्ने गरिन्छ । यस अन्तरगत पकनाजोल, गल्कोपाखा, ज्याठा लगायत समेतलाई चिनिँदै आएको छ । यद्यपि ठमेलको क्षेत्र अझै पनि अपुग नै भएको छ । यसकारण अब लैनचौर, नयाँबजार, सामाखुसी लगायतलाई समेत समेटेर ग्रेटर ठमेलको रुपमा विकास गर्नुपर्ने आवश्यकता छ । अहिलेको ठमेलमा काठमाडौं महानगरपालिकाका ९, १६, २६ र २७ वडाहरु समेटिएका छन् । अहिले काठमाडौं आउने पर्यटक मध्ये करिब ८० प्रतिशत त ठमेलमा नै आउने गर्छन् ।
अहिलेको ठमेलले पर्यटकको चाप धान्न नसकेको कुरालाई लक्षित गरेर ग्रेटर ठमेल अवधारणा अघी बढाउन लागिएको हो । यससँगै व्यवस्थित बाटो, ढल, पानी, फोहोरमैलाको व्यवस्थापन लगायतका कामहरुमा व्यावसायिक संस्था तथा स्थानीय निकाय बीच पहल गर्ने र ठमेल क्षेत्रको दायरा केही टाढाको दूरीमा विस्तार गर्ने गरी ग्रेटर ठमेल अवधारणा अघी बढाउनु जरुरी छ । साथै अबका दिनमा ठमेल क्षेत्रलाई २४ घण्टा नै सञ्चालन गर्ने किसिमले प्रक्रिया अघी बढाउने बारे पहल भइरहेको छ । नयाँबजारको खुसिबु क्षेत्रमा ठमेलका होटलमा चाप बढी भएका व्यक्तिहरुलाई बस्ने व्यवस्था मिलाउनको लागि विशेष पहल भएको थियो । यद्यपि यसको लागि केही चुनौतीहरु भने छन् । यद्यपि यो कार्य समेत त्यति नै आवश्यक छ ।
कस्तो हुनुपर्छ ग्रेटर ठमेल ?
अहिलेको ठमेलले पर्यटकको चाप धान्न नसकेको कुरालाई लक्षित गरेर ग्रेटर ठमेल अवधारणा अघी बढाउन लागिएको हो । यससँगै व्यवस्थित बाटो, ढल, पानी, फोहोरमैलाको व्यवस्थापन लगायतका कामहरुमा व्यावसायिक संस्था तथा स्थानीय निकाय बीच पहल गर्ने र ठमेल क्षेत्रको दायरा केही टाढाको दूरीमा विस्तार गर्ने गरी ग्रेटर ठमेल अवधारणा अघी बढाउनु जरुरी छ । साथै अबका दिनमा ठमेल क्षेत्रलाई २४ घण्टा नै सञ्चालन गर्ने किसिमले प्रक्रिया अघी बढाउने बारे पहल भइरहेको छ । नयाँबजारको खुसिबु क्षेत्रमा ठमेलका होटलमा चाप बढी भएका व्यक्तिहरुलाई बस्ने व्यवस्था मिलाउनको लागि विशेष पहल भएको थियो । यद्यपि यसको लागि केही चुनौतीहरु भने छन् । यद्यपि यो कार्य समेत त्यति नै आवश्यक छ ।
ठमेललाई व्यवस्थित गर्नुपर्छ 
ठमेलको रात्री व्यवसायबाट निस्कने आवाजले अन्य व्यक्तिलाई पार्ने प्रभावलाई मध्यनजर गरी साउण्ड प्रुफ गर्नुपर्ने आवश्यकता छ । ठमेल एक व्यापारिक क्षेत्र हो । यस क्षेत्रबाट राज्यलाई निकै ठूलो राजस्व सङ्कलन भएको छ । यस कुरालाई समेत ख्याल गर्दै ठमेललाई व्यवस्थित गर्न पहल गर्नुपर्छ । ठमेलमा व्यावसायिक मर्यादा विपरीतका केही गलत प्रवृत्तिका क्रियाकलाप समेत हुने गरेका छन् । यसलाई व्यवस्थित गर्नुपर्छ । आगामी दिनमा एक व्यवसायीले एउटा मात्र साइनबोर्ड राख्न पाउने किसिमले व्यवस्था गर्नु जरुरी छ ।
ठमेलमा भएका व्यवसायका प्रकृतिहरु
ठमेलमा होटल, गार्मेन्ट, हस्तकला व्यवसायी, रेष्टुरेन्ट, मनी चेन्जर, कार्गो लगायतका व्यवसायहरु सञ्चालनमा छन् । हाल यस क्षेत्रमा करिब ८० ओटा व्यावसायिक संगठनहरु सक्रिय छन् ।
ठमेलको विकासमा भएको योगदान
पछिल्लो समय ठमेल अहिलेको अवस्थामा आउनुमा यस क्षेत्रका बासिन्दा र व्यवसायीको ठूलो योगदान छ । आगामी दिनमा ठमेल साँघुरो भएको अवस्थामा अन्य क्षेत्रमा समेत व्यवस्थित शहरीकरण आवश्यक छ । अहिले ठमेलमा चाप बढेको छ । यसको चाप नियन्त्रणमा समेत विशेष जोड दिनु जरुरी छ ।
अबको बजार
अहिले सूचना प्रविधिको कारण बजार तथा व्यवसाय गर्ने तौरतरिका बदलिएको छ । अबको बजार प्रविधिमा आधारित हुनेछ । त्यसको प्रभा ठमेलमा पनि पर्नेछ । खासगरी ठमेलमा १ बर्षमा ४ सिजन लाग्ने गर्छ । विगत ४-५ बर्ष पहिले सम्म ठमेलको व्यवसाय निकै राम्रो थियो । तर अहिले भने ठमेलका कतिपय व्यवसायमा मुनाफा घटेको छ । व्यवसायमा प्रतिष्पर्धा बढेको, मूल्यमा एकरुपता कायम नभएको, बजार बार्गेनिङमा चलेको र सामानको गुणस्तरीयता समेत कायम नभएको लगायतका कारण अहिले मुनाफा घटेको हो ।
कस्ता व्यवसायी थपिँदैछन् ठमेलमा ?
ठमेल भन्दा बाहिरका सबै व्यवसाय बेलुका ८–९ बजे नै व्यवसाय बन्द गर्नुपर्छ तर ठमेल पर्यटकीय क्षेत्र भएको कारण राती ११÷१२ बजे सम्म व्यवसाय गर्न छुट छ । पछिल्लो समय ठमेलमा आउने नयाँ व्यवसायीहरु विदेशमा लामो काम गरेर स्रोत जुटाएका, परिश्रमलाई बुझेका र सहनशिल किसिमका छन् । नयाँ व्यवसायीहरुले रेष्टुरेन्ट तथा बारको क्षेत्रमा लगानी विस्तार गरेका छन् । अहिले पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरु मध्ये नयाँ व्यवसायीहरु त्यति सन्तुष्ट छैनन् ।
प्रचारप्रसार पुगेको छैन
नेपाल पर्यटन बोर्डले ठमेलको राम्रोसँग प्रचारप्रसार गर्न सकेको छैन । अहिले ठमेलमा आउने पर्यटकहरु सम्पर्कको कारण नै आएका छन् । नेपाली संस्कार बुझ्नको लागि विदेशी पर्यटकहरु नेपालमा आएका छन् । आगामी दिनमा ठमेललाई अझ राम्रो बनाउन ठमेललाई राज्यबाट पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिनुपर्छ । यसो भए ठमेलमा बजेट आउने र त्यसको आधारमा भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिने अवस्था रहन्छ ।
सरसफाईयुक्त ठमेलमा भएको पहल
सन् २०१० सम्म ठमेल फोहोर नै थियो । २०११ मा पर्यटन बर्ष मनाउने घोषणा भएसँगै ठमेलको फोहोर हटेको हो । यस काममा राणाको समेत ठूलो योगदान छ । फोहोरमुक्त गर्नको लागि ठमेल पर्यटन विकास परिषद्को महत्वपूर्ण भूमिका रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij