पछिल्लो समय नेपालीहरुमा स्वास्थ्य प्रतिको धारणा परिवर्तन हुँदै आएको छ । विगतमा एलोप्याथिक प्रविधिलाई नै उपचारको भरपर्दो माध्यमको रुपमा अपनाउँदै आइएको भएपनि अहिले मानिसहरु आयुर्वेदिक उपचार पद्धति तर्फ आकर्षित हुँदै गइरहेका छन् । साथै सुविधा सम्पन्न आयुर्वेदिक अस्पतालहरु समेत सञ्चालनमा आइरहेका छन् । यस मध्ये एक हो बालाजुको शहिद स्मृति आयुर्वेदिक अस्पताल ।
बिना औषधी र बिना साइड इफेक्ट उपचार गर्न सकिने विधि समेत भएको कारण आफूहरुले आयुर्वेद पद्धति अपनाएर अस्पताल सञ्चालन गरेको अस्पतालका निर्देशक कल्याण भण्डारीले बताउनुभयो ।

पछिल्लो समय आयुर्वेद पूर्वीय दर्शन अन्तरगत समेत मौलिक उपचार पद्धति रहेको कुरा पुष्टि हुँदै आएको छ । प्राकृतिक रुपमा उपलब्ध जडिबुटी र वस्तुहरुको सही प्रयोग द्वारा शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई वृद्धि गरी शरीरलाई स्वस्थ र मजबुत बनाउनको लागि यस पद्धतिले विशेष काम गर्छ । नेपालीहरुको स्वास्थ्य प्रतिको धारणालाई परिवर्तन ल्याउन र स्वस्थ समाज निर्माणको निम्ति अब आयुर्वेद पद्धतिलाई नै अबलम्बन गरी साेही बमाेजिम सहिद स्मृति आयुर्वेदिक अस्पताल स्थापना कालदेखि काम गर्दै अाएको छ । बालाजुचोक नजिकै सञ्चालनमा रहेको यस अस्पतालले शहिद र द्वन्द्व पीडित परिवारलाई विशेष सहुलियतमा समेत उपचार गर्दै आएको छ ।
विगत केही बर्ष पहिले देखि सञ्चालनमा रहेको यस अस्पतालले विभिन्न समस्याहरुको आयुर्वेदिक विधिबाट उपचार गर्नुको साथै योग थेरापी समेत सञ्चालन गर्दै आएको छ । पछिल्लो समय मानिसहरुमा देखिने समस्याहरु सबै शारीरिक मात्र नभई मानसिक समस्याहरु समेत बढ्दै गइरहेको परिप्रेक्ष्यमा यस्ता मानसिक समस्याहरुलाई सन्तुलनमा ल्याउनको लागि उपयुक्त परामर्शको आवश्यकता पर्ने कुरालाई लक्षित गरी अस्पतालले अनुभवी मनोचिकित्सकबाट उपयुक्त परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
नेपालीहरु समाज अझै पनि खुलेर आफ्ना समस्याहरु व्यक्त गर्ने प्रचलन विकास नभइसकेको र यसबाट राम्रो तवरले उपचार नहुन सक्ने कुरालाई लक्षित गर्दै अस्पतालले महिला विरामीहरुको लागि महिला चिकित्सकको समेत व्यवस्था गरेको छ ।
हाल सम्म श्वासप्रश्वास, मुख तथा घाँटी, समस्या, यौन रोग, पेट, नसा तथा हाडजोर्नी, छाला लगायतका रोगहरुको उपचार सेवा उपलब्ध गराउँदै आएको यस अस्पतालले उपचारको निम्ति विभिन्न वैकल्पिक उपचार विधिहरु अबलम्बन गर्दै आएको छ । यस अन्तरगत हाल अस्पतालमा पञ्चकर्म, योग, अकुपंचर, अकुप्रेसर, मानसिक परामर्श लगायत रहेका छन् । यसैगरी अस्पतालले समय–समयमा विभिन्न ठाऊँमा निःशुल्क शिविर समेत सञ्चालन गरी विरामीहरुलाई उपचारमा सहज पहुँच स्थापनाको निम्ति सहयोग पुर्रयाउँदै आएको अस्पतालका निर्देशक कल्याण भण्डारीले सेतोघर डट कमलाई बताउनुभयो ।

![]()
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij