अान्तरिक राजस्व विभागले यसै श्रावण सङ्क्रान्ति देखि सामान ढुवानीमा संलग्न गाडीकाे प्रवेशमा अप्ठ्याराे पर्ने गरी लागु गरेकाे VCTS System काे वितरण क्षेत्रमा संलग्न व्यवसायीहरू तथा विभिन्न संघसंस्थाहरूले विराेध गरेका छन् ।
अनलाइन ढुवानी साधन अनुगमन प्रणाली अर्थात VCTS System ले व्यवसायीहरूलाइ मालसामान अाेसारपसारमा कठिनाइ पर्ने कारण देखाउँदै व्यवसायीहरूले यस्ताे विराेध गरेका हुन् ।
खाद्यान्न तथा दैनिक उपभाेग्य वस्तुहरू एवं पेय पदार्थ र कस्मेटिक लगायतका व्यवसायीहरू समेटिएकाे व्यवसायीहरूकाे छाता सङ्गठन नेपाल वितरण महासंघकाे निर्णयले असार ३० गते काठमाडाैंमा एउटा वैठक बसी राज्यकाे नीतिले अाफूहरू अप्ठ्याराे पर्ने भन्दै साउन १ गतेबाट अाफूहरूले घर-घरमा पुगेर दिँदै अाएकाे सुविधा प्रदान गर्न नसकिने निर्णय समेत गरेका छन् । यससँगै विभिन्न क्षेत्रमा ढुवानी बन्द भएका खबर समेत धमाधम सार्वजनिक हुन थालेका छन् ।
व्यवसायीहरूकाे छाता सङ्गठन नेपाल वितरक महासंघका कार्यसमिति सदस्यहरूकाे एक टीमले राजस्व अनुसन्धान कार्यालय, हरिहरभवनका प्रमुखलाइ भेटेर अाफूहरूलाइ व्यवसाय गर्नकाे लागि उपयुक्त वातावरण बनाइदिन अाग्रह गरेकाे साथै अाफूहरू अाफ्ना माग सम्बाेधन हुनेमा अाशावादी रहेकाे महासंघका महासचिव हरिराज पन्तले सेताेघर डट कमलाइ जानकारी गराउनुभयाे ।
अाफूहरू समस्यामा रहेकाे र बाध्यतावश ढुवानी बन्द गर्दा यसबाट उपभाेक्ताहरूमा पर्न गएकाे मर्का सम्बन्धी अाफूहरू सचेत रहेकाे र विशेष परिस्थितिवश यस्ताे परिस्थिति अाएकाे समेत महासचिव पन्तले बताउनुभएकाे छ ।
साथै हाल वितरण व्यवसायमा संलग्न व्यवसायमा दक्ष र सक्षम कर्मचारीहरू नभएकाे, कतिपय वितरक व्यवसायीहरू स्वराेजगार व्यवसायकाे रूपमा व्यवसायमा संलग्न रहेकाे, बजारमा स्वदेशी नभइ विदेशी वस्तुहरूकाे वर्चस्व रहेकाे र VCTS मा जाँदा स्वदेशी उत्पादकहरूलाइ अप्ठ्याराेमा पर्ने साथै वितरक व्यवसायीहरू देशभर छरिएर रहेका र सबै क्षेत्रमा यस्ताे प्रयाश सम्भव नभएकाे लगायतका विभिन्न कारणहरूले तत्काल VCTS SYSTEM उपयुक्त नहुने लगायतका बुँदाहरू समेटेर महासंघले विज्ञप्ति समेत सार्वजनिक गरेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij