११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७६ यही जेड २४ गते नेपालमा पहिलो पटक मनाउन लागिएकोे अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । यसै सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना एवं उपभोक्ता अधिकार अनुसन्धान मञ्चको सहआयोजनामा तारकेश्वर स्थिर धर्म मा.वि.मा उपभोक्ता भेला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णको प्रमुख आतिथ्यता एवं नागरिक सरोकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारीको सभापतित्व साथै तारकेश्वर वडा नम्बर १० का अध्यक्ष अमृत थापाको आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा स्थानीय महिला समूहहरुका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि एवं विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सन्देशमूलक भिडियो प्रस्तुत गर्नुको अलाबा वरिष्ठ खाद्य अधिकृत विमल कुमार दाहालले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले गर्नुभएको थियो ।
कार्यक्रम उपभोक्ता जागरुक बन्नुपर्ने विषयमा केन्द्रित थियो । कुनै सामान किन्ने क्रममा उद्योगबाट उत्पादित वस्तुमा त्यसमा उत्पादन मिति, उपभोग्य मिति, व्याच नम्बर, उद्योगको नाम, त्यसमा प्रयोग गरिएका सबै पदार्थको विवरण लगायत कुराहरु
हेरेर मात्र ती सामान किन्नुपर्ने कुरा कार्यपत्रमा केन्द्रित हुनुको अलावा वक्ताहरुहरुले समेत यस्तै विष्यलाई समेटेर आफ्नो धारणा राखेका थिए ।
‘खाद्य पदार्थमा स्वच्छता : हाम्रो प्रतिवद्धता’ भन्ने नाराको साथ उपभोक्ता जागरणमा केन्द्रित रही सञ्चालन गरिएको उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने क्रममा खाद्य अधिकृत विमल कुमाल दाहालले खाना खाँदा तरिका मिलाएर खाए पोषण हुने तर ख्याल नगरी खाए त्यही खाना विष सरह हुने कुरामा जोड दिँदै खाद्य स्वच्छताका ५ सन्देशहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा तारकेश्वर वडा १० का अध्यक्ष अमृत थापाले विक्रीको लागि उपलब्ध भएका वस्तुहरु मिति सकिएर मात्रै स्वास्थ्य प्रतिकुल हुने नभई उत्पादन प्रक्रिया, उत्पादित वस्तुमा प्रयोग हुने सामाग्री लगायतको कारण समेत स्वास्थ्य प्रतिकुल हुन सक्ने कुरामा जोड दिँदै तरकारीमा विषादी उच्च रहेको बताउनुभयो । भान्सामा उपयोग हुने सबै सामानहरु औषधी बन्नुपर्ने कुरामा जोड दिँदै भान्सामा भण्डार गरिने खाद्यान्नमा विशेष सावधानी अपनाउन थापाले जोड दिनुभयो ।

कार्यक्रममा सहभागि मध्येबाट गुनासो राख्ने क्रममा स्थानीय बासिन्दा महालक्ष्मी खड्काले उपभोक्ता ठगिइरहेको तर राज्य पक्ष त्यस बारे जागरुक बन्न नसकेको बताइन् । माछा, मासु खाने क्रममा फुड पोइजन भई अस्पताल भर्ना हुनुपर्ने अवस्था रहेपनि त्यसको कारण पहिल्याएर समाधान गर्न कसैले चासो नराखेको बताउँदै आगामी दिनमा उपभोक्तालाई साँच्ची नै जागरण बनाउन जनस्तरबाटै यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् । साथै जागरण अभियान शुरु गर्नुभन्दा पहिले आवश्यक तथ्याङ्क सङ्कलन गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताईन् ।
कार्यक्रमका प्रमुख अतिथि सञ्जीव कुमार कर्णले यस बर्ष नेपालमा खाद्य स्वच्छता दिवस आयोजना गर्नुको उद्धेश्य उपभोक्तामा सचेतना विस्तार गर्ने र जागरुक बनाउने, उपभोक्ताको क्षमता अभिवृद्धिमा जोड दिनुको अलाबा तथा अहिले उपभोक्तालाई पर्दै आएका समस्या न्यूनीकरणको लागि जोड दिने र उपभोक्ता अधिकार स्थापनामा जोड दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका सभापति चन्द्र्रमणि अधिकारीले आफूहरु उपभोक्तालाई जागरुक बनाउने दिशामा निरन्तर रुपमा अघी बढिरहेको र यस कार्यमा सहयोग गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij