२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक

काठमाडौं, १८ चैत – एभरेष्ट बैंक लिमिटेडले नयाँ वर्ष बिक्रम सम्बत् २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचनको कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा भएको थियो । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई २५औं वर्षसम्मको निरन्तर सेवा पू¥याएको परिप्रेक्षमा नेपाल सरकारको “भिजिट नेपाल २०२०” भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको छ । बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमा नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मोहन कृष्ण सापकोटाज्यू तथा बैंकका प्रमूख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठद्वारा बैंकका अन्य उच्च अधिकृहरुको उपस्थितिमा संयूक्त रुपमा उक्त क्यालेनडरको बिमोचन भएको थियो ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij