चिल्ड्रेन हेराल्ड एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । 
अमेरिकाबाट विशेषज्ञ डाक्टर सहित आउनुभएका २० जना व्यक्तिहरुद्वारा चेकजाँच गरिएको उक्त कार्यक्रमको व्यवस्थापन चिल्ड्रेन हेराल्ड एकेडेमीले गरेको हो । उक्त स्वास्थ्य शिविरबाट तारकेश्वर नगरपालिकाका करिब ५ सय स्थानीयबासीहरु लाभान्वित भएका छन् ।

विहान साढे ९ बाट शुरु भएको स्वास्थ्य शिविरमा चेकअप गराउनेहरुको दिनभर नै विद्यालय प्राङ्गणमा भीडभाड नै थियो । 
शैक्षिक क्रियाकलापको अलावा अतिरिक्त क्रियाकलाप र सामाजिक दायित्व लगायतमा समेत अग्रसर रहँदै आएको चिल्डे«न हेराल्ड एकेडेमीले अघिल्लो बर्ष पनि वृहद स्वास्थ्य शिविर आयोजना गरेको थियो । आफूहरु हरेक बर्ष कुनै न कुनै स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने मान्यता सहित अघी बढेको विद्यालयका प्रमुख कार्यकारी अधिकृत दीपक खड्काले बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले आफ्नो विद्यालयमा अमेरिकी डाक्टरहरुको ठूलो टीमबाट स्वास्थ्य सेवा प्रदान गर्ने कार्य विशेष अनुकुलताले जुटेको बताउँदै आफूहरुले यसको व्यवस्थापन गर्ने अवसर पाएकोमा गर्वको अनुभव भएको बताउनुभएको छ । साथै यस कार्यलाई सफल पार्न सहयोग
गर्नुहुने सबै प्रति हार्दिकता प्रकट गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij