पछिल्लो समय विश्वभर प्राविधिक भोकेशनल शिक्षा प्रति मानिसहरुको आकर्षण बढ्दो छ । नेपालमा पनि पछिल्ला बर्षहरुमा भोकेसनल शिक्षा प्रति विद्यार्थी आकर्षित भइरहेका छन् । प्राविधिक शिक्षा अध्ययन पश्चात् स्वदेश तथा विदेश जहाँ भएपनि तत्काल रोजगारी पाउन सकिने र छोटो अवधिमा नै सम्पन्न गर्न सकिने भएको कारण पछिल्ला बर्षहरुमा यस्ता कार्यक्रमहरु प्रति विद्यार्थीहरुको आकर्षण बढ्दो छ । यही कुरालाई मध्यनजर गर्दै हामीले गेट कलेजमा समेत पछिल्लो समय अष्टे«लियाको शिक्षा पद्धतिमा आधारित टिफ कार्यक्रम सञ्चालनमा ल्याएका छौं । विश्वभर राम्रो मानिएको यो कार्यक्रम अहिले सम्म नेपालमा उपलब्ध नभएको र नेपाली विद्यार्थीहरुलाई अष्टे«लिया गएर शिक्षा लिन निकै महँगो समेत पर्ने कुरालाई विचार गर्दै हामीले यो कार्यक्रम नेपालमा नै सञ्चालनमा ल्याएका हौं ।
छोटो अवधिमै यस शैक्षिक कार्यक्रम मार्फत प्रयाप्त लाभ लिन सकुन् भन्ने हाम्रो चाहना हो । सोही मान्यता बमोजिम सञ्चालित यो कार्यक्रम प्रति नेपाली विद्यार्थीहरु समेत निकै नै आकर्षित छन् ।

व्यावहारिक कार्यक्रम
नेपालमा पनि पर्यटन शिक्षा रोजगारमुखी हुनुपर्छ भन्ने कुरा सबै तिर चर्चामा छ । नेपाल सरकारले पनि यसलाई लक्षित गरेर केही कामहरु सञ्चालन समेत गरिरहेको छ । पछिल्लो समय नेपालका शैक्षिक संस्थाहरुबाट ठूलो मात्रामा शैक्षिक जनशक्ति उत्पादन भइरहेको भएपनि उनीहरुको दक्षता र कार्यक्षमता भने जुन गुणस्तरीय हुनुपर्ने हो, त्यो सकेको छैन ।
नेपालको व्यापार घाटा निरन्तर बढ्दै गएको अहिलेको अवस्थामा विद्यार्थीहरुलाई हामीले प्रदान गर्ने शैक्षिक कार्यक्रमले यसलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । यसको लागि विद्यार्थीहरुलाई सीपयुक्त र क्षमतावान् बनाउन हामी विशेष केन्द्रित हुनुपर्ने जरुरी समेत छ ।
नेपालबाट एउटा तह अध्ययन गरेका विद्यार्थीहरु थप शिक्षाको लागि बाहिर जाने क्रममा सीप नभएको कारण उनीहरु राम्रो काम पाउनबाट वञ्चित छन् । साथै कामको अनुभव हासिल गरेपनि माथिल्लो तहमा स्तरोन्नति हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा आफूले काम गर्ने क्रममा अनुभव गरेको कुरा पुःन सिक्नु नपर्ने गरी यो कार्यक्रम तयार गरिएको छ । सेफ बन्ने चाहना भएकाहरुलाई लक्षित यो कार्यक्रमले छोटो अवधिमा नै राम्रो उपलब्धि हासिल गर्न ठूलो सहयोग पुर्याउँछ ।
भोकेसनल शिक्षामा केन्द्रित गेट कलेज
भोकेसनल शिक्षालाई विशेष महत्वको साथ उठाउँदै आएको यस गेट कलेजले हाल पोखरा र नेपालगञ्ज क्षेत्रमा भोकेसनल कार्यक्रम सञ्चालन गर्न शाखा कार्यालय स्थापना गरिसकेको छ । यसैगरी बन्दिपुरमा रेष्टुरेन्ट सञ्चालनमा आइसकेको छ भने छिटै शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने योजना बनाएको छ । 
युवाहरुलाई प्रयाप्त अवसर छन्
अहिले नेपाली युवाहरु लगनशिल हुने हो भने राम्रो अवसर पाउन सक्छन् । अवसर पाएको खण्डमा सबै युवा सक्षम छन् भन्ने प्रमाणित गर्न गेट कलेज निरन्तर लागि नै रहेको छ । यस कलेजले पर्यटन तथा होटल व्यवस्थापन शिक्षाको माध्यमबाट त्यो पक्षलाई उठान गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij