२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग

पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग

देशमा महिला हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा आयोग पदाधिकारीबिहीन हुँदा प्रशासनिक काम कारबाहीमा समेत बाधा उत्पन्न भएको पाइएको छ । २०४७ साल असोज २९ गते राष्ट्रिय महिला आयोग ऐन बनेदेखि आयोग सबै पदाधिकारीबिहीन भनेकाले सचिव अनिलकुमार ठाकुरको भरमा नियमित कार्य हुँदै आएको हो ।

प्रेस वक्तव्य, गुनासो सुनुवाइजस्ता काममा अप्ठयारो परेको बताउँदै आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले भन्नुभयो– ‘यस्तो संवेदनशील निकाय सरकारको प्राथमिकतामा नपर्नु दुःखद कुरा हो । यसले गर्दा कतिपय नीतिगत कुरामा ठोस निर्णय लिन सकिएको छैन ।’ यो समाचार सुम्निमा काफ्लेले नेपाल समाचारपत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij