२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

ग्राहकहरुको सेवामा साल्ट ट्रेडिङको ध्यान केन्द्रित

ग्राहकहरुको सेवामा साल्ट ट्रेडिङको ध्यान केन्द्रित

वि.सं. २०२० सालमा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसन अहिले नेपालको पूर्व मेचिदेखि पश्चिममा महाकालिसम्म पुगि सामान्य जनताहरुको सेवामा तल्लीन रहेको छ ।

सुरुको अवस्थामा नुनको सेवाबाट प्रारम्भ भएको यस कर्पोरेशनले पछिल्लो समय विभिन्न खालको मानवीय अति आवश्यक वस्तुहरु प्रति केन्द्रीत रहेर सेवा दिँदै आइरहेको छ । चिनी, मल, मैदा, ग्यास र विभिन्न खालका ग्राहकहरुमा अति आवश्यक पर्ने खाद्यान्न देखी इन्धन सम्मको सेवा अत्यन्त सरल र सहज रुपबाट प्रदान गर्दै आइरहेको कुरा साल्ट ट्रेडिङ कर्पोरेसनले राष्ट्रिय आर्थिकलाई जानकारी दिएको छ । उक्त संस्था २०२० साल भदौ बाट कानुनी रुपमा मान्यता प्राप्त भई आफ्ना विभिन्न खालका सेवाहरुलाई आम रुपमा नागरिकहरुका बिचमा सहज रुपबाट विविध खालका सेवाहरु प्रदान गर्दै आइहेको छ । उक्त संस्था नेपालकै (पीपीपी) पब्लिक प्राइभेट पार्टनरसिप मोडलको पहिलो संस्थाको रुपमा स्थापित रहेको एक बहुचर्चित र लोकप्रिय संस्था हो ।

नेपाली उपभोक्ताहरुलाई गुणस्तरयुक्त नूनको आपूर्ति गर्ने उद्देश्यका साथ अस्तित्वमा आएको साल्ट ट्रेडिङले आम रुपमा उपलब्ध गराउने आयोडिन युक्त नून अत्यन्त सस्तो र सरल रुपमा समस्थ नेपालीहरुले उपयोग गर्दै आएका छन् । उक्त नून भारतबाटै आयातित भएतापनि भारतीय उपभोक्ताहरुले भन्दा नेपाली उपभोक्ताहरुले सस्तो र सरल मूल्यमा उपलब्ध गराउने उद्देश्य बमोजिम आज उक्त संस्था समग्र नेपाली जनताहरुको सेवालाई केन्द्र भागमा राखेर फाइदामुखी भन्दा पनि सेवाको भावनामा केन्द्रीत रहेर विगतको ५ दशकदेखिन तल्लीन रहेर सेवा दिर्दै आइरहेको छ । यी खालका कुराहरुलाई समग्र नेपाली सचेत नागरिक, बुद्धिजिवी, राजनेता र समग्र व्यवसायीहरुले कदापी बिर्सन हुदैन । यदि यी खालका संस्थाको मर्यादाप्रति हामीहरुले विशेष खालको ध्यान र रुची राख्न आवश्यक छ ।

सन १९६५ मा युनिसेफ, डब्लु.एच.ओ र नेपाल सरकारले गरेको विभिन्न खालका सर्वेक्षणमा ५५ प्रतिशत जनसंख्या आयोडिन नूनको कमीले हुने कुनै पनि रोगबाट ग्रसित रहेका थिए । त्यपश्चात हाल भने आयोडिनको रोगबाट बंन्चित रहेका नेपालीहरुको संख्या भने अत्यन्तै न्यून रहेको कुरा विभिन्न खालक अध्ययन र अनुसन्धानबाट प्रष्ट हुन आएको छ । यो हुनु भनेको त साल्ट ट्रेडिङको दुई बालबालिका भएको आयोडिनयुक्त नून आम रुपमा ग्राहकबर्गहरुले खाएकै कारण यी खालका विभिन्न खालका लुता, लंगडा, कुपोषण, बोली लट्याङ्गो, शारीरिक अवस्था नाजुक यी लगायतका रोगलाई नियणत्रण गर्ने एक मात्रा आधार स्तम्भ भएको वा यी खालका हरेक रोगसँग लड्ने क्षमता भएका आयोडिनयुक्त नूनकै कारण आज हामीकँहा समग्र नेपाली नागरिकहरुमा यी खालका रोगबाट बच्न सफल भएको कुरा साल्ट ट्रेडिङ कर्पोरेसनले पूर्व मेचि देखी पश्चिममा महाकाली सम्मका ग्राहकवर्गहरुमा प्रमाणित नै गरिदिएको छ ।

नेपाल सरकारले आयोडिनयुक्त नून प्रत्येक नेपालीहरुको घरघरमा पु¥याउनका निम्ति आजको मितिसम्म आइपुग्दा कुनै पनि खालको रकम नै खर्च नगरेको कुरा साल्ट ट्रेडिङ कर्पोरेसनले राष्ट्रिय आर्थिकलाई जानकारी दिएको छ । हामीहरुले दिने नूनको मात्रामा प्रशस्त रुपमा आयोडिन मिसिएको छ । त्यही पनि आम रुपमा उपभोक्ताहरुले किन्दा आयोडिनको पनि पैसा तिरेको छ, अनि कँहााट नेपाल सरकार लगायतका निकायहरुको पैसा पर्नु ? दुई बालबालिका भएको आयोडिन नूनमा ५० पीपीएम पार्ट पर मिलिएन मिसिएको हुन्छ । १० लाख ग्राम नूनमा ५० ग्राम आयोडिन मिसिएको कुरा उक्त कर्पोरेसनका विभागीय प्रवन्धक ब्रजेशकुमार झा बताउनुहुन्छ ।

यी लगायतका सेवा र सुविधाहरुमा केन्द्रीत रहेर साल्ट ट्रेडिङले विभिन्न खालका सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ । र मुलुकमा भएको नाकाबन्दीको बेला, २०६२-०६३ को समय वा देशमा जुन खालको उपलब्धि हासिल गर्नका निम्ति समेत उक्त कप्पनीले ठूलो योगदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij