२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

संसदीय समिति बैठकमा चकाचर्की

संसदीय समिति बैठकमा चकाचर्की

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सभापति बिमल श्रीवास्तव र समिति सदस्यहरुबीच भनाभन भएको छ । वैठकमा म्यानपावर व्यवसायीलाई बोल्न दिने वा नदिने विषयमा सभापति र सदस्यबीच भनाभन हुँदा केहीबेर तनाव उत्पन्न भएको थियो ।

वैठकमा कोरम पनि पुगेको थिएन । २४ सदस्यीय समितिमा ११ जना मात्रै उपस्थित थिए । सभापतिले निर्णयका लागि कोरम नपुगे पनि बैठक संञ्चालनका लागि पुगेको भन्दै वैठक सुरु गर्न खोजे । तर उपस्थित केही सदस्य पनि बैठक कक्षबाट बाहिरिएपछि अनौपचारिक छलफल मात्र भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij