आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मानयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्नपहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
विकास न्यूज डट कम तथा देशविकास साप्ताहिकका रामकृष्ण पौडेलको अध्यक्षतामा गठित नया ँकार्यसमितिमाआर्थिक न्यूज डट कमका इन्द्रबहादुर बानियाँ उपाध्यक्ष चयन भएका छन् । महासचिवमा कर्पोरेट नेपाल डट कमका सीताराम विलासी, सचिवमा मेरो लगानी डटकमका परमेश्वर अधिकारी, कोषाध्यक्षमा अर्थबजार डट कमका डिल्लीप्रसाद सापकोटा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै, सदस्यहरुमा बिजशाला डटकमका सोमनाथ बास्तोला, मेरो अटो डट कम तथा चाणक्य मासिकका रामकृष्ण गजुरेल, बिजखबर डटकमका रामराजा श्रेष्ठ र विजपाटी डट कमका मोहम्मद अज्मतअली सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले देशको आर्थिक विकासमा आर्थिक सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको र यस्तो भूमिका थप प्रभावकारी बनाउन इकोनोमिक मिडियाहरुको संगठित संस्था स्थापना गरिएको बताए । उनले पछिल्लो समय आर्थिक सञ्चार माध्यमहरुको संख्यात्मक वृद्धिसँगै प्रभाव पनि बढ्दै गएको बताए ।