अब, मुक्तिनाथसम्म केवलकार जाने भएको छ ।
मुक्तिनाथ दर्शन सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए । 
लगानी बोर्डको हालै सम्पन्न ३० औं बैठकले कम्पनीलाई विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेसँगै प्रक्रिया अघिबढेको उनको भनाइ छ ।
‘अहिले परियोजनासम्बन्धी इन्सेन्सन रिपोर्ट तयार हुने क्रममा रहेको छ’, उनले भने, ‘इन्सेन्सन रिपोर्ट तयार भएपछि एलाइमेन्ट फिक्स गर्ने काम हुन्छ । लाइडर सर्भेको काम सकिएपछि डीपीआर सर्भे हुन्छ ।’
अबको तीन वर्षमा यी प्रक्रिया पूरा गरेर आगामी २०८१ भित्र सेवा दिने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जनाएका छन् ।
कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालका अनुसार उक्त केबलकार निर्माण गर्न खण्ड खण्डमा विभाजन गरिएको छ । जसअनुसार कास्कीको वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्ड हुनेछ ।
लम्बाइको हिसाबले संसारकै लामो केबलकारका रूपमा रहेको यो परियोजनालाई कम्पनीले महत्वकाङ्क्षी परियोजनाका रूमालिएको छ
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij