२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

भृकुटीमण्डपकाे जुत्ता प्रदर्शनी मेला रूक्माङ्गद कटुवालबाट अवलाेकन

भृकुटीमण्डपकाे जुत्ता प्रदर्शनी मेला रूक्माङ्गद कटुवालबाट अवलाेकन

नेपाल जुत्ता चप्पल उद्याेगी व्यवसायी संघले अायाेजना गरेकाे भृकुटीमण्डपकाे प्रदर्शनी मेलामा पूर्वसेनापति रूक्माङ्गद कटुवालले अवलाेकन गरेका छन् । अाइतबार बेलुकीकाे अवलाेकन भ्रमणकाे क्रममा उनले उद्याेगी व्यवसायीहरूसँग नेपाली जुत्ता उद्याेगकाे अवस्था सम्बन्धमा  संक्षिप्त अन्तरक्रिया समेत गरेका छन् ।

व्यवसायीहरूले पूर्वसेनापति कटुवाललार्इ विशेष स्वागत सहित सम्मान प्रकट गरेका छन् । 

नेपालमा अायात निर्यात अन्तर बढ्दै गएकाे र व्यापार घाटा बढिरहेकाे अहिलेकाे अवस्थामा नेपालमा यस व्यापार घाटालार्इ कम गर्न समेत नेपाली जुत्ता उद्याेगले निकै महत्वपूर्ण भूमीका खेल्न सक्ने भन्दै कटुवालले व्यवसायीहरूलार्इ निरन्तर अघी बढ्नकाे निम्ति हाैसला प्रदान गरे । साथै विविध कठिनार्इकाे बावजुद नेपाली जुत्ता उद्याेग अात्मनिर्भर तर्फ गर्इरहेकाे र याे प्रयाश व्यवसायीहरूकै पहलमा नै सम्भव रहेकाे भन्दै व्यवसायीहरूलार्इ बधार्इ तथा शुभकामना समेत प्रकट गरेका छन् ।

यसै अवसरमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नेपाली जुत्ता चप्पल उद्याेगीहरू सबै किसिमका जुत्ताहरू उत्पादन गर्न सफल रहेकाे बताउँदै नेपाली जुत्ताहरू अन्तर्राष्ट्रिय गुणस्तर बमाेजिमका नै रहेकाे र सबै किसिमका जुत्ताहरू नेपालमा नै उत्पादन भइसकेका र यस क्षेत्रले ठूलाे मात्रामा राेजगारी सृजना गर्न सफल रहेकाे बताए । यद्यपि यस क्षेत्रमा कच्चा पदार्थ, कामदार लगायतका समस्या रहेकाे समेत बताए ।

दशैं जुत्ता चप्पल प्रदर्शनी कुम्भ मेलामा हाल भेनस शुज, केटिएम शुज, पारागन फुटवेयर, फुटस्टेप लगायतका कम्पनीहरूकाे संलग्नता छ । मेला दशैं लक्षित छ । जहाँ निकै छुटमा स्वदेशी जुत्ता प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij