२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

तान्जानियामा दुर्घटना हुँदा १३६ काे ज्यान गयाे

तान्जानियामा दुर्घटना हुँदा १३६ काे ज्यान गयाे

तान्जानियाको लेक भिक्टोरियाको फेरी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या कम्तीमा १३६ पुगेको छ ।

तान्जानियाका सरकारी अधिकारीहरुले शुक्रबार अबेरसम्ममा १३६ को ज्यान गएको र पानीमा डुबेको आशंका गरिएका २ सय जनाको अवस्था अझै अज्ञात रहेको जनाएका छन् । हराइरहेकाहरुको खोजी कार्य शुक्रबार दिनभर चले पनि राति भने रोकिएको छ । शनिबार बिहानबाट पुनः खोजी कार्य शुरु हुने त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खबर प्रकाशमा ल्याएका छन् ।

१ सय यात्रुको क्षमता भएको फेरी क्षमताभन्दा कैयौं गुणा बढी  बोकेका कारण डुबेको अनुसन्धानबाट खुलेको छ । फेरी ४ सय खचाखच यात्रु बोकेर गन्तव्यतर्फ लम्केको बताइए पनि यकिन संख्या अझैसम्म खुलेको छैन ।

तान्जानियामा पटकपटक ठूला फेरी दुर्घटना हुँदै आएका छन् । सन् १९९६ मा भएको भयानक दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएका थिए । धेरैजसो दुर्घटना क्षमताभन्दा धेरै यात्रु बाेक्दा हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij