काठमाडौंमा एकसातासम्म सञ्चालन हुने इन्द्रजात्रा अाजबाट शुरू भएकाे छ । यो जात्रा काठमाडाैंमा उत्सवका साथ मनाइन्छ । यस जात्रामा भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ । यसैबमाेजिम आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् ।
इन्द्रजात्रा पौराणिककाल देखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ ।
असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसैसाँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij