२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

वीरगञ्जबाट लागुऔषध सहित एकजना पक्राउ

वीरगञ्जबाट लागुऔषध सहित एकजना पक्राउ

वीरगञ्ज, असोज ३। भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् ।

पक्राउ परेका कुँवरलाई लागुऔषधसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij