२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

उपराष्ट्रपति पुन ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

उपराष्ट्रपति पुन ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

काठमाडौं, असोज ३ । ६ दिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन  लागि बुधबार चीन प्रस्थान गरेका छन् । उनी बुधबार बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गरेका हुन् ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन गएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौं आइपुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij