२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कात्तिक १६ देखि १८ सम्म नेविसंघकाे महाधिवेशन हुने

कात्तिक १६ देखि १८ सम्म नेविसंघकाे महाधिवेशन हुने

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन आगामी कात्तिक १६,१७ र १८ गते गर्ने तय भएको छ । नेविसंघको गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी केन्द्रीय कार्यालय सानेपामा गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले कात्तिक १६,१७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको रातोपाटीलाई जानकारी दिए । बैठकले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीको ६ सदस्यीय समितिले केन्द्रिय समितिमा उठेका विषयहरु समेटेर सबैसँग समन्वय गरि भदौ २७ गतेभित्र संघको संसोधित विधान नियमावली –२०७५ पार्टीलाई बुझाउने निर्णय पनि गरेको छ ।

विधान नियमावली पार्टीबाट अनुमोदन भएपछि क्याम्पस र जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउँदै सम्बन्धित अधिवेशनहरु सम्पन्न गरिने तय भएको छ । जसअनुसार असोज ७ गते देशैभरका मावि र क्याम्पस अधिवेशन, असोज १२ गते गाउँपालिका , उप– महा–नगरपालिका अधिवेशन, असोज १५ गते प्रदेश क्षेत्र अधिवेशन, असोज २१ गते ७७ वटै जिल्लामा जिल्ला अधिवशन, ( असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ गते ७ वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तय भएको छ। बैठकले उमेरको ३२ वर्षको लाग्ने भनिएको हदबन्दी हटाएको पनि बताइएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए । सोही कार्यतालिकाअनुसार नेविसंघको बैठकले महाधिवेशनको निर्णय गरेको हो । नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपछि कांग्रेसले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेको थियो । दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि नेविसंघभित्रको आपसी विवादले समयमा महाधिवेशन हुन सकेको थिएन । तर, भदौ २ गते नेविसंघभित्रको संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij