२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

म्यानपावर कम्पनीलाई सरकारको ११ बुँदे निर्देशन

म्यानपावर कम्पनीलाई सरकारको ११ बुँदे निर्देशन

काठमाडौं ।  रोजगारीका लागि भौँतारिएका युवायुवतीलाई विदेशमा राम्रो काम लगाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरी विदेशी भूमिमा अलपत्र पार्नेदेखि कुल्ली काममा लगाई दिनेजस्ता कार्य गर्दै रोजगारमा जाने मजदुरसँग ठगी गर्दै आइरहेको कुरा सर्वविदितै छ । वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका केही युवाहरु श्रम सम्झौता विपरीतको काम गर्न बाध्य भएको भन्दै उजुरी हाल्ने क्रम बढ्दो रहेको छ ।

करिब आठ सयको हाराहारीमा म्यानपावर कम्पनी रहेको र तिनीहरुलाई नियन्त्रण गर्ने निकाय एउटै मात्र हो वैदेशिक रोजगार विभाग  । म्यानपावर कम्पनीहरुको क्रियाकलाप तथा कामहरु कस्तो रहेको भनेर अनुगमन गर्न नसकिरहेको अवस्थामा विभागले गत भदौ २० गते म्यानपावर कम्पनीहरुलाई ११ बुँदे निर्देशन जारी गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ ।

म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत कागजपत्र नियन्त्रणमा लिने, समयमै काममा नपठाउने र त्यसबीचमा कामदारले नजाने इच्छा व्यक्त गरेमा सबै कागजात फिर्ता नदिई दुःख दिनेजस्ता घटना बढ्दै गरेको जनाउँदै कामदारको राहदानी कम्पनीमा राख्दा कम्पनीले बुझिलिएको भरपाई दिने व्यवस्था अनिवार्य गर्न विभागले निर्देशन दिएको छ ।

कामदारको राहदानी कम्पनीमा सङ्कलन भएपछि अनिवार्य रुपमा नाम, राहदानी नम्बरको अभिलेख राख्नुपर्ने व्यवस्थालाई कडाइ गरिएको छ । म्यानपावर कम्पनीका आधिकारिक व्यक्ति आफ्नो परिचयपत्र लगाएर बस्नुपर्ने व्यवस्था गरिएको छ । अनाधिकृत व्यक्तिलाई कम्पनीमा राखी कामदारसँग लेनदेन र अन्य कुनै प्रकारको कारोवार गर्न लगाई कामदार ठगी गरेमा म्यानपावर कम्पनी स्वयम् जवाफदेही हुने विभागका महानिर्देशक दिलीपकुमार चापागाईले जानकारी दिनुभयो । कामदारलाई ‘श्रम मात्र गरिदिएको’ र बाँकी अन्य काममा कामदार स्वयं जवाफदेही हुने जस्ता गलत सम्झौता गराई विदेश पठाउने गतिविध तत्काल बन्द गर्नसमेत विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij