काठमाडौं । महिला अभियान नेपालकी अध्यक्ष यशोदा कार्काेले श्री अनाश्रित वालवालिका उत्थान केन्द्रलाई खाद्य सामाग्री हस्तान्तरण गरेकी छन । पाँच बर्षदेखि महिला र वालवालिकाको क्षेत्रमा कार्य गदै आएकी संस्थाकी अध्यक्ष कार्काेले बिगतमा पनि बिभिन्न सस्थाहरूलाई सहयोग गर्दै आएकी छन्।

अध्यक्ष कार्काेलाई श्री अनाश्रित वालवालिका उत्थान केन्द्रका अध्यक्ष कृष्ण शिवाकोटीले खादा र सम्मान पत्रद्धारा सम्मान गरे । कार्यक्रममा नेपाल सरकारका सहसचिब बेद बहादुर कार्को, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद तथा रेखाङ्कन मासिकका प्रधान सम्पादक शैलेन्द्र केसी,गुडबिल हेल्थकेयरका संचालक रोशन परियार लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा अतिथिहरुले सो केन्द्रद्धारा आश्रित वालवालिकाहरुसँगै खाना खाएर आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उत्थान केन्द्रका अध्यक्ष शिवाकोटीले विभिन्न जिल्लाका असाहय र जनयुद्धको चपेडामा परेर अन्यौल भविश्य भएका १६ जना बच्चालाई आश्रय दिनुका साथै पढाइरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij