२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नाडा र वाडाको अन्तरक्रिया पोखरामा सम्पन्न

नाडा र वाडाको अन्तरक्रिया पोखरामा सम्पन्न

पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठक भदौ १ गते उपत्यका बाहिर रहेको सुन्दर नगरी पोखरामा आयोजना गर्यो । पोखरामा उक्त बैठक आयोजना गर्नुको मूख्य उद्देश्य देशका विभिन्न क्षेत्रमा रहेर अटोमोवाइल व्यवसायीको समस्याको विषयमा जानकारी लिने र समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने रहेको थियो ।

कार्यसमिति बैंठक पछि पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा)सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमले स्थानीय स्तरमा कसरी व्यवसाय संचालन भइरहेको छ ? ती व्यवसाय संचालनको दौरानमा कस्ता समस्या झेल्नुपरेको छ ? कस्ता समस्या प्रदेश सरकार र कस्ता समस्या केन्द्रिय तवरबाट समाधान गर्नुपर्छ भन्ने लगायतका विषयमा रही अन्र्तक्रिया सम्पन्न भएको थियो ।
वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्र्तक्रिया कार्यक्रमा अधिकासं ब्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारी साधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नु पर्ने जस्ता बिषयको उठान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिँदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफुहरु त्यसको विपक्षमा उभिने समेत जानकारी दिए । उनले विकास निर्माणको काम अगाडी बढिरहेको जानकारी दिँदै व्यवसायमैत्री वातावरण निर्माणमा आफुहरु लाग्ने जानकारी दिएका थिए ।

नाडा र वाडाबीचको सम्बन्ध बिस्तारको बिषयमा बोल्दै नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भन्नुभयो ‘नाडाले सबै प्रदेशमा रहेर अटोमोवाईल क्षेत्रसँग जोडिएर व्यवसाय गर्ने व्यवसायीको हक र हितमा काम गर्ने हँुदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ । संघिय सरकारसँग गर्नुपर्ने कामको लागि नाडाले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्छु । त्यसैगरी उहाँले यो क्षेत्रको विकासमा सबै मिलेर काम गर्नु पर्ने बताउँदै पोखरा क्षेत्रमा रहेका पर्यटकिय गन्तब्यमा सामुहिक पहलमा सार्वजनिक यातायात सेवा बिस्तार गर्न सुझाव दिनुभयो ।
कार्यक्रमा बोल्ने अधिकांश वाडाका पदाधिकारीहरुले नाडाको कार्यक्रममा आफुहरुको सक्रिय सहभागिताको अपेक्षा गरेका थिए भने स्थानीय स्तरमा व्यवसाय बिस्तारको लागि पहल गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij