२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

झुक्याएर सामान बिक्री गरे ५ वर्ष कैद

झुक्याएर सामान बिक्री गरे ५ वर्ष कैद

काठमाडौँ । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको हो । 

ऐनको दफा १०८ मा झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन भनिएको छ ।

यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।

यस्तै दफा १ सय ९ मा खाद्य पदार्थ बाहेक अन्य कम गुणस्तरकोलाई बस्तु तथा सामाग्रीलाई असल भनेर झुक्याएर  बिक्री–वितरण कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij