२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

शनिवार यसरी सम्पन्न भयाे माइन्ड म्यानेजमेन्ट वर्कशप

शनिवार यसरी सम्पन्न भयाे माइन्ड म्यानेजमेन्ट वर्कशप

श्रावण २६ गते शनिवार साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरको आयोजनामा माइन्ड म्यानेजमेन्ट सम्बन्धी १ दिने वर्कशप सम्पन्न भएको छ ।  बालाजु बाइपास स्थित देव विकास बैंकको भवनबाट सञ्चालन भएकाे उक्त वर्कशपको सञ्चालन सन्दीप कुमार पाण्डे र केशव थापाबाट भएकाे थियाे ।

मष्तिष्कलार्इ व्यवस्थापन गर्न सकेमा हामी भाैतिक रूपमा सम्पन्न, मानसिक रूपमा खुसी र सन्तुष्ट, शारीरिक रूपमा स्वस्थ, सामाजिक रूपमा प्रतिष्ठित र नमुना पात्रकाे रूपमा रहन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेकाे उक्त वर्कशपले यी कुराहरू प्राप्त गर्नकाे निम्ति मानिसले साेचविचार, खानपान, वानीव्यवहार, याेग ध्यान व्यायाम,  श्वासप्रश्वास लगायतमा विशेष ध्यान पुर्याउनुपर्ने बारेमा वर्कशप केन्द्रित रहेकाे थियाे ।

 

साथै हाम्राे मष्तिष्क निकै शक्तिशाली भएकाे र यसलार्इ सही तवरले प्रयाेगमा ल्याउन सकेकाे खण्डमा हामीले साेचेका हरेक लक्ष्य तथा याेजनाहरूलार्इ प्राप्त गर्न सकिने कुरामा समेत याे वर्कशप केन्द्रित थियाे ।वर्कशपमा सैद्धान्तिक ज्ञानको अलावा प्रयोगमा आधारित व्यावहारिक ज्ञानलाई विशेष जोड दिइएकाे थियाे । 

वर्कशपकाे अायाेजना साइकाेसाेसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरले अायाेजना गरेकाे हाे । अागामी दिनमा पनि यस्ता विविध कार्यक्रमहरू निरन्तर अायाेजना गर्दै नेपाली सचेत व्यक्तिहरूमा ज्ञान विस्तार गर्ने याेजना बमाेजिम याे संस्थाले विभिन्न कार्यक्रमहरू तय गरेकाे छ ।

तत्काल नै अाकाशा हिलिङ र एनएलपीकाे माष्टर काेर्ष सञ्चालन गर्ने याेजनामा संस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij