२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पर्वतमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

पर्वतमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नं २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नंको ट्याक्टर गायत्री भन्ने स्थानमा आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका १६ वर्षीय कमल नेपालीको मृत्यु भएको छ । मृतक नेपालीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही ठेगानाका २१ वर्षीय विवेक नेपालीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

ट्याक्टरका चालक बागलुङ नगरपालिका–१३ कै २९ वर्षीय डोलेन्द्र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ओभर लोड’ सहित तीव्र गतिमा रहेको ट्याक्टरको घुम्तीमा पुग्दासमेत गति नियन्त्रण नभएपछि सडककै नालीमा पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij