प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशको नाममा दलीय सहमति हुन नसक्दा बारम्बार प्रभावित हुँदै आएको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बोलाईएको छ ।
दलीय सहमति हुन नसक्दा समिति ८ दिनयता बन्दी जस्तै बनेको छ ।
सहमतिमा निकास निकाल्ने भन्दै यसअघि बोलाइएका ३ वटा बैठक निष्कर्षबिहीन भएका थिए ।
बैठक बिहान १० बजे सिंहदरवारमा बस्नेछ । बहुमतीय प्रक्रियाबाट अघि बढे बैठक बहिस्कार गर्ने कांग्रेस सांसदको चेतावनीपछि बुधवारका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो ।
बैठक नै स्थगित गरेर भएका पहलमा समेत निकास ननिस्किएपछि सहमतिकै आधारमा निर्णय सुनाउने सम्भावना कम रहेको एक सदस्यले बताए ।
समितिको अध्यक्षता गरिरहेका राजपा सांसद लक्ष्मण लाल कर्णले प्रधानन्यायाधीशमा जोशीको नाम स्वीकृत गर्ने नगर्नेबारे आज निर्णय गर्ने दावी गर्दै जे निर्णय भएपनि सहमतिमा हुने बताए ।
जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने सत्तारुढ दलको अडान र न्यायालयलाई स्वतन्त्र राख्न अनुमोदन गर्नै पर्ने कांग्रेसको अडानले जोशीमाथिको सुनुवाइ सकिएको ८ दिन हुँदा समेत समितिले निर्णय सुनाउन सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij