विराटनगरमा एक दशकदेखि अवैधानिक रुपमा सञ्चालित भारतीय फिल्ड अफिसको सेवा बन्द भए पनि कार्यलय भने खुला रहेको छ । 
भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर अगस्ट १ देखि विराटनगरको फिल्ड अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको थियो ।
दूतावासले कार्यालयबाट प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको बताए पनि कार्यालयभित्र कर्मचारीको चहलपहल भने पहिलेको जस्तै छ ।
सम्पर्क कार्यालयका प्रमुख निरज जैसवालले सम्पर्क कार्यालयबाट सेवा बन्द गरिएको भए पनि कार्यालयभित्रका सम्पूर्ण सामग्रीहरु लिएर कर्मचारी जान समय लाग्ने भएकोले कार्यालय खोल्नु परेको बताएका छन्।
यसअघि दुतावासले अगष्ट १ बाट कार्यालय बन्द गर्ने जनाएको थियो । सेवा बन्द गरिएको कार्यालयमा राखिएको भारतीय झण्डा पनि हटाइएको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij