२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

देशभर एनालग केबल टेलिभिजन सेवा बन्द

देशभर एनालग केबल टेलिभिजन सेवा बन्द

१२ साउन, काठमाडौं । सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिनेछ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले नेपालको पूर्वी क्षेत्रबाट एनालग केबल टेलिभिजन बन्द गर्न सुरु गरेको हो । बिराटनगर र इटहरी क्षेत्रमा एनालग केबल टेलिभिजन बन्द गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहप्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । 

सर्वोच्च अदालतले पनि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन नगर्न भन्दै परेको रिट खारेज गरेर बाटो खोलिदिएको थियो । सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरहरुका केबल टेलिभिजन बन्द गर्न समयसीमा दिएको थियो । यस्तै अघिल्लो वर्षको वैशाख १५पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा एनागल केबल टेलिभिजन बन्द गर्ने निर्णय भएको थियो ।

काठमाडौंमा यसको कडाइका साथ कार्यान्वयन गरिए पनि अन्य नगर र महानगरपालिकामा सरकारले एनालग बन्द गर्न बाध्य पारिएको थिएन । तर, अब भने गाउँ था नगर सबैतिर एनालग टेलिभिजन सेवा दिनेहरुको लाइन अफ गर्न सुरु गरिएको छ । सरकारले एनालग प्रविधिमा नछोडी बसेका केबल टेलिभिजनहको नवीकरण पनि साउनबाट बन्द गरेको छ । केही दुर्गम भेगका क्षेत्रका भने व्यवहारिकता हेरेर मात्र चल्न दिइने मन्त्रालयका एक अधिकारीले बताए । तर, त्यसका लागि विशेष निर्णय हुन बाँकी नै छ ।

एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij