२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

२०२२ को विश्वकपमा नेपाली सुरक्षाकर्मी परिचालन !

२०२२ को विश्वकपमा नेपाली सुरक्षाकर्मी परिचालन !

चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ । 

सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताए ।

राजदुत युसुफले नेपालीलाई त्यस प्रयोजनका लागि कतार लैजान कुनै प्रकारको सम्झैता गर्नुपरे त्यसका लागि तयार रहेको पनि बताएका थिए । भेटमा गृहमन्त्री थापाले कतारमा रहेका नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग छलफल गरेका थिए । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij