२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

चीनको एक औद्योगिक पार्कमा विस्फोट, १९ जनाको मृत्यु

चीनको एक औद्योगिक पार्कमा विस्फोट, १९ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् । 

चिनियाँ सरकारी समाचार संस्था सिह्न्वाका अनुसार यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको हो । विस्फोट के कारणले भयो भन्ने खुलाइएको छैन ।

विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको तस्वीरहरुमा देखिएको छ ।

यसलाई सन् २०१५ पछिको ठूलो विस्फोट मानिएको छ । सन् २०१५ मा उत्तर–पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij