२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मरेका कुखुरा बेच्न हिँडेको अभियोगमा ३ जना पक्राउ

मरेका कुखुरा बेच्न हिँडेको अभियोगमा ३ जना पक्राउ

गाडीमा मरेको कुखुरा लिएर बिक्री गर्न हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार साँझ सवा ५ बजे काठमाडौंको नयाँबजारमा बा १७ च १२३६ नम्बरको पिकअप भ्यानमा १ सय ७० वटा मरेको कुखुरा लिएर बिक्री गर्न हिँडेका कुखुरा ब्यापारी मकवानपुर हेटौंडाका हिमाल बर्तौला, गाडी चालक मकवानपुर हेटौंडाका चन्द्रबहादुर अधिकारी र सहचालक मकवानपुर इचुङका अनिश दोङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गाडीको पछाडि ३ वटा प्लाष्टिकको बोरामा र भ्यानको पछाडिको खालि भागमा समेत गरी १७० वटा मरेको ब्रोइलर कुखुरा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीले मरेको कुखुरा नष्ट गरेको छ भने पक्राउ परेकाहरुलाई कालोबजारी ऐन अनुसार कारबाही गर्ने जानकारी दिएको छ । मरेको कुखुराको तौल ३ सय २५ किलो रहेको थियो । प्रहरीका अनुसार ती कुखुराहरु हेटौंडाबाटै ल्याइएको र आफ्नो सम्पर्क रहेको होटलमा बिक्री गर्दै हिँडेको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij