प्रदेश २ सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाको परिवारलाई तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
लगातारको वर्षा पछि आएको बाढीका कारण प्रदेश २ मा २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढीका कारण गत मंगलवार पर्सा जिल्लाको पर्सा गढी ८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij