२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

खोलामा बग्दै गरेकी महिलाको उद्धार

खोलामा बग्दै गरेकी महिलाको उद्धार

?

सिरहाको गोलबजारमा खोलामा बग्दै गरेकी एक महिलाको उद्धार गरिएको छ ।

गोलबजार नगरपालिका ३ की करिब ४० वर्षीया बिना योञ्जनको मैनाबत्ती खोलाले बगाएकोमा स्थानीयले उद्दार गरेका हुन् ।

बाढीमा करिब दुई तिन किलोमिटर बगेकी बिनाको उद्धारपछि गोलबजारस्थित हेल्थ केयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रहरीका अनुसार योञ्जनको अवस्था अहिले खतरामुक्त रहेको रहेको छ ।

तीन दिनदेखि लगातार परेको भिषण वर्षाले सिरहाका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ ।

वर्षाले सिरहाको मुख्य बजार मानिने लहान, सिरहा, मिर्चैया, सुखीपुर लगायतका ठाउँहरु वर्षात्को पानीले प्रभावित बनेका छन् । मिर्चैयास्थित नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालयमा करिब दुई फिट पानी जमेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij