पुतलीसडकको पद्दमोदय मोडमा सञ्चालन हुँदै आएको जुत्ता एक्सचेन्ज मेला असार ३१ सम्मको लागि थप भएको मेला सञ्चालकहरुले बताएका छन् ।

मेला सञ्चालक मध्येका एक तथा पारागन फुटवेयरका अध्यक्ष रामहरि तोलाङले १ महिना भन्दा लामो अवधिको लागि आफूहरुले एक्सचेन्नज मेला सञ्चालन गरिसकेपनि मेला प्रति ग्राहकहरुको अत्यधिक चासो रहेको कारण ग्राहकहरु आफ्नो पालो पर्खेर पनि पुरानो जुत्ता साटेर नयाँ जुत्ता किन्ने क्रम जारी रहेकोले अझै बढी भन्दा बढी नेपालीलाई सुलभ मूल्यमा नेपालमा उत्पादित जुत्ताचप्पल लगाउने अवसर प्राप्त हुन सकोस् भन्ने मान्यताले आफूहरुले मेला अवधि बढाएको बताएका छन् ।

यसैगरी केटीएम शुजकी प्रबन्ध निर्देशक बबिता शाहले अहिले विवाहको सिजन भएकोले बर्षायाममा बलिया तथा आकर्षक जुत्ता सर्वसुलभ मूल्यमा प्राप्त गरी नेपाली जुत्ताको ब्राण्ड भ्यालु बढाउन मेलाले सहयोग पुग्ने बताइन् । साथै यसबाट विदेशी जुत्ताको आयात विस्थापनमा पनि सहयोग पुग्ने बताउँदै मेला अवधि १५ दिनलाई बढाई असार ३१ सम्म लम्ब्याएको समेत बताईन् ।
हाल मेलामा केटीएम शुज, भेनस शुज, सम्राट शुज, पारागन फुटवेयर, स्मार्ट शुज, फुट स्टेप लगायतका कम्पनीहरुको संलग्नता छ ।
मेलामा कम्पनीहरुको आधिकारिक विक्री मूल्यमा २५ प्रतिशत ग्राहकहरुले सिधै छुट पाउनेछन् भने ग्राहकहरुले आफूसँग भएको जस्तोसुकै पुराना जुत्ता सटही गरी उक्त जुत्ताको ५ सय मूल्याङ्कन गरी नयाँ जुत्ता लिन पाउने छुट समेत कम्पनीले उपलब्ध गराइएको छ । उपलब्ध सबै जुत्तामा १ बर्षको वारेन्टी सुविधा समेत उपलब्ध गराइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij