२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

डा. केसी पक्राउ, हिरासतमै अनसन बस्ने चेतावनी

डा. केसी पक्राउ, हिरासतमै अनसन बस्ने चेतावनी

डा. गोविन्द केसी जुम्लाबाट पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेपछि प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो। शनिबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जाँदै गर्दा बाटोमै रोकिएपछि केसी अनसनका लागि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका थिए।

प्रहरीले केसीको अनसनमा अवरोध गरेपछि उनले हिरासतमै अनसन बस्ने चेतावनी दिएका छन्। अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

शुक्रबार कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट २ सय मिटर वरपर अनसन तथा आन्दोलन गर्न नपाइने भनेपनि डा. केसीलाई प्रहरीले त्यहाँ नपुग्दै रोकेको थियो।

जुम्लाको स्नोल्यान्ड होटलमा बसेका डा. केसीलाई प्रतिष्ठानतिर जाँदै गर्दा बिहानै टुँडिखेलको माथिल्लो गेटमा प्रहरीले रोकेपछि तनावको स्थिति सिर्जना भएको थियो। डा. केसीको समर्थनमा सयौंँ युवा र नागरिक समाजका सदस्य सडकमा निस्केका छन्। संसदमा विचाराधीन चिकित्सा विधेयक तोडमोड गरिएको भन्दै केसी शुक्रबार अनसनका लागि जुम्ला आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij