२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विश्वकपमा आज यी टिमहरु भिड्दैछन् !

विश्वकपमा आज यी टिमहरु भिड्दैछन् !

विश्वकपमा आज यी टिमहरु भिड्दैछन् !

विश्वकपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो ।

आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले कस्तो प्रदर्शन गर्ला भन्ने जिज्ञासा धेरैमा हुनुपर्दछ । समूह ‘इ’मा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ । ती खेल राती ११ः४५ बजे सुरु हुनेछन् । त्यसअघि समूह ‘एफ’मा मेक्सिकाले स्वीडेनसँग र दक्षिण कोरियालले साविक विजेता जर्मनीको सामना गर्नेछ । ती खेल राती साँझ ७ः४५ बजे हुनेछन् ।

कोस्टा रिका समूह चरणबाट बाहिरिएको छ भने अघिल्लो चरण पुग्ने दुई टोलीका लागि ब्राजिल, स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा छ । शीर्षस्थानको ब्राजिल र स्वीट्जरल्यान्ड को समान ४ अंक छ भने सर्बियाको ३ अंक छ ।

यस्तोमा ब्राजिल र सर्बियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । ‘एफ’ समूहमा मेक्सिको ६ अंकसहित शीर्षस्थानमा रहँदा जर्मनी र स्वीडेनको समान ३ अंक छ । दक्षिण कोरिया बाहिरिसकेकोले अघिल्लो चरण पुग्न बाँकी ३ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

विश्व कपमा आजका खेल र समय
समूह ‘एफ’
मेक्सिकोविरुद्ध स्वीडेन -साँझ ७ः४५ बजे

दक्षिण कोरियाविरिुद्ध जर्मनी-साँझ ७ः४५ बजे
समूह ‘इ’
सर्बियाविरुद्ध ब्राजिल -राती ११ः४५ बजे
स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका -राती ११ः४५ बजे

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij